मेयर कप तेक्वान्दो प्रतियोगितामा हेटौंडालाई एक स्वर्ण, दुई रजत र दुई कास्य

हेटौंडा, जैशिदेवल युथ क्लवको आयोजनामा भएको चौथो बागमती प्रदेश स्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले एक स्वर्ण, २ रजत र २ कास्य जित्न सफल भएको छ ।

ADVERTISEMENT

२३–२६ केजी तौल समूहमा भएको प्रतियोगितामा हेटौंडा उपमहानगरपलिकाबाट प्रतिनिधित्व गरेकी कृशिका क्षेत्रीले स्वर्ण जित्न सफल भइन् । यसैगरी ३२–३५ केजी तौल समूहमा माधुरी घलान र ४६–५० केजीमा अनिषा बिकले रजत जित्न सफल भईन भने २६–२९ केजी तौल समूहमा शितल बर्तौंला र २८–३१ केजी तौल समूहमा कृष थिङले कास्य जित्न सफल भएको मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिए । माघ २५ गतेदेखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा प्रतियोगिता भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्दै २० जना खेलाडी प्रतियोगिता खेल्न काठमाडौं गएका थिए । टिम कोच बिक्रम लामिछने र मेनेजर रबिन्द्र डङ्गोलको नेतृत्वमा खेलाडीहरु काठमाडौं गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *