मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

हेटौंडा, बुधबार हेटौंडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । हेटौंडा–फापरबारी सडक खण्ड अन्तर्गत हेटौंडा १७ हटियास्थित कठायतचोकमा हेटौंडाबाट जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएको हो ।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका ४ बस्ने २८ वर्षीया जिना लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । भन्जनको हेटौंडा अस्पतालमा र लामाको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य दुईजना घाइते रहेका छन् ।

मोटरसाइकलको पछाडी रहेका हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलानको हेटौंडा अस्पतालमा र स्कुटरको पछाडी रहेका मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरका २४ वर्षीया ललिता थापा मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाको कारण बारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya