चित्लाङमा प्यारा ग्लाइडिङको उडान सुरु

हेटौंडा, थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सुरु गरिएको छ। यसअघि थाहा १ को कुटिप्वाकल र थाहा १२ मा परिक्षण उडान भएपनी औपचारिक सुरुवात हुन सकेको थिएन । अहिले चित्लाङमा पनि परिक्षण उडान भएतापनी सबै कानुनी प्रक्रिया पूरा भएको र पटक पटको परिक्षण उडान सफल भैसकेकोले अब निरन्तरता पाउने थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामीले बताए। अध्यक्ष बलामीका अनुसार असोज ९ मा मात्र १८ वटा परिक्षण उडान सफल भएको बताए।

ADVERTISEMENT

“अब हामी बृहत कार्यक्रम गरेर यस्को औपचारिक उद्घाटन गर्छौ“ अध्यक्ष बलामीले भने । लामो समय देखि चित्लाङको आकाशमा प्याराग्लाइडिङ उडाउने सपना पूरा हुन लागेको चित्लाङ पर्यटन व्यवसायि देवेन्द्र नेपालले बताए । बाबू एड्भेन्चरका संचालक तथा प्रबन्धनिर्देशक सानोबाबु सुनारले प्याराग्लाइडिङ संचालन बाट स्थानिय पर्यटन व्यावसायमा उल्लेख्य टेवा पुग्ने बताए भने स्थानिय राजेन्द्र बलामीले चित्लाङको पर्यटन उद्योगमा नयाँ अध्यायको सुरुवात भएको प्रतिक्रिया दिए।

२०७५ साल असारमा थाहानगरका युवाहरु निरोज प्रधान, रामशरण नेपाल, श्रीराम कार्की, मनोज रायमाझी र अनिल विष्टको समूहले पोखरास्थित दुनाटपरी रेस्टुरेन्टमार्फत् अलिलाई थाहानगर झिकाएर थाहा नगरपालिका–२ कुटीप्वाल डाँडाबाट थाहाको इन्द्रायणीचौर, फुलपाती चौर, बज्रवाराही र चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ उडाउन सकिने परीक्षण गरेका थिए।

अलिले १० दिन थाहानगरमा वितार त्यसमध्ये ३ दिन ३ रात लगातार थाहा–२ को कुटिप्वाल(२,१८५ मि.) आसपास क्षेत्रमा हावाको चाप परीक्षण गर्दै प्याराग्लाइडिङ टेस्टिङ गर्दा कुटिप्वालबाट प्याराग्लाइडिङ उडाउन सकिने निष्कर्ष निकालेका थिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *