आधुनिकको अध्यक्षमा महमद समीन

हेटौंडा, हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा महमद समीन चयन भएका छन् । शनिबार विद्यालय व्यवस्थापन समितिको बैठकले समीनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अभिभावक भेला भएको एक महिनापछि अध्यक्ष चयन गरिएको हो ।

ADVERTISEMENT

विद्यालयको समिति सदस्यमा गौतमप्रसाद पौडेल, रेणुका फुयाँल वाइवा, सुभद्रा बर्तौला, ऋषिराम उपाध्याय पोखरेल, इश्वरी रसाइली, जनरल श्रेष्ठ (वडा प्रतिनिधि), कृष्ण गोपाल श्रेष्ठ (शिक्षक प्रतिनिधि) मा चयन भएका छन् । विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाई सदस्य सचिव रहेका छन् ।

गत माघ २१ गते विद्यालयको अभिभावक भेला भएको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya