नेपाल शिक्षक महासंघको आन्दोलनमा मकवानपुरको एक्यबद्धता

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठनले आव्हान गरेको आन्दोलनमा मकवानपुर जिल्लामा रहेका ९ वटा संस्थाले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका छन् ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आव्हान बमोजिम नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय मातहतका निकायहरुले आयोजना गरेका शिक्षा सम्बन्धि सम्पूर्ण औपचारिक तथा अनौपचारिक कार्यक्रम बहिस्कार गर्ने, असोज ३ गतेबाट नेपाल शिक्षक महासंघको आयोजनामा हुने काठमाडौ केन्द्रीत आन्दोलनमा सहभागी हुन सम्पूर्ण विद्यालय बन्द गरी असोज २ गते नै काठमाडौ पुगी असोज ३ गतेबाट सम्पूर्ण शिक्षकहरु विरोध प्रदर्शनमा सहभागी हुने र यसमा सहजीकरण गर्न मकवानपुर जिल्लास्थित सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गर्ने नेपाल शिक्षक महासंघ मकवानपुर आबद्ध संस्थाहरुको संयुक्त अपिलमा उल्लेख गरेको छ ।

मकवानपुर जिल्लामा नेपाल शिक्षक महासंघका घटक संस्थाहरुबाट गठित आन्दोलन परिचालन समितिको भदौ २९ गतेको बैठक अनुसार नेपाल शिक्षक महासंघको घोषित आन्दोलनमा जिल्लाबाट सक्रिय सहभागीता जनाउने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button