सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं अभिभावक भेला

हेटौंडा, हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले ४८ औँ अभिभावक भेला शनिबार आयोजना गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उप प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले शिक्षालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् । शिक्षा क्षेत्रको विकासका लागी सरकारले सकरात्मक कदम चाल्नु पनमा उनले जोड दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने विद्यालयका सहायक प्रधानाध्यापक रामशरण अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हेटौडा–२ का वडा सदस्य सुरज बर्तौला, हेटौंडा उपमहानगर शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रमेश विडारी, शिक्षक अभिभावक संघका अध्यक्ष भीमकुमार श्रेष्ठ, विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ,विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र बर्तौलालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *