कुष्माण्डमा शुरू भयो एक महिने मकर मेला

हेटौंडा, हेटौंडाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकसित कुष्माण्ड सरोवर त्रिवेणीधाममा एकमहिने मकर मेला शुरू भएको छ। हरेक वर्ष माघ महिनाभर मेला लाग्दैआएको उक्त क्षेत्रमा यस वर्ष पनि एक महिनासम्म मकर मेला शुरू भएको हो।

ADVERTISEMENT

मकर मेलाको मङ्गलबार हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले उद्घाटन गरेकी छिन् । मेला उद्घाटन गर्दै मेयर लामाले हेटौंडा उपमहानगरपालिकालाई अगाडि बढाउनको निम्ति सबै सरोकार निकायहरु एक मत हुन आवश्यक रहेको औल्याएकी छिन् । कुष्माण्ड सरोवार त्रिवेणीधामले हेटौंडाको पहिचान झल्काएको उनले बताइन् । कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले सनातन धर्मलाई बचाउनको निम्ति म्यानेजमेन्ट लागिपरेको बताए । ‘हेटौंडामा रहेको वेद स्कूलमा पुगेको थिए । त्यहाँ बटुकहरुलाई बौदिक मन्त्र पढ्नुस् भन्दा कसैले पढेनन् ।’ प्रिन्सिपल जोशीले भने –‘हेटौंडा स्कूल अफ म्यानेजमेन्टको पहलमा बनारसबाट आउनु भएका बेद शिक्षकले बटुकहरुलाई बौदिक मन्त्र सिकाइरहनु भइरहेको छ ।’

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले डाक्टर, इन्जिनियर मात्र नभई वेदलाई अगाडि बढाएर सनातन धर्मलाई जोगाउनको निम्ति टिमले काम गरिरहेको उनले बताए । यसैगरी आज त्रिवेणीधामको मूल गेटको पनि उद्घाटन भएको छ । समाजसेवी देव श्रेष्ठले १० लाख लगानीमा मूल गेट निर्माण गरिदिनु भएको हो । रत्ना, कर्णा र कौशाबाहीको संगमस्थल कुष्माण्डमा आजबाट सुरु मेला माघ महिनाभर लाग्ने कुष्माण्ड सरोबर त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार सोमबार कुष्माण्डमा पूर्वाङ्ग गरिएको छ ।

ADVERTISEMENT

एक महिने मेलामामा डा. माधव प्रसाद भट्टराई, डा. कान्ता भट्टराई, पण्डित गोपालप्रसाद चालिसे, जिब्राज बख्रेल र यदु प्र अधिकारीले कथा वाचन गर्ने छन् । कुष्माण्ड सरोबर त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडाध्यक्ष सुकराम केसी, शिक्षाविद देव श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya