मातृभूमिले चैत ११ गते पुरस्कार वितरण गर्ने

हेटौंडा, मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न पुरस्कार वितरण तथा स्रष्टा सम्मान गर्ने भएको छ । चैत ११ गते मातृभूमि साहित्य समाजको एक कार्यक्रमकाबीच विभिन्न पुरस्कार वितरण तथा स्रष्टा सम्मान गर्न लागिएको समाजका अध्यक्ष माधव पोखरेलले जानकारी दिए ।

ADVERTISEMENT

नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कारबाट यसवर्ष काठमाडौंका भूपेन्द्र रायमाझीलाई प्रदान गर्ने भएको छ । यो राशिको नगद २० हजार रुपैयाँ रहेको छ । यस्तै काठमाडौंका सीता विष्ट कार्कीलाई नगद २१ हजार रुपैयाँ राशिले मायादेवी मातृभूमि साहित्य पुरस्कार प्रदान गर्ने भएको छ ।

मकवानपुरे गायक तथा संगीतकार सुजिल कर्माचार्यलाई नगद १० हजार रुपैयाँ राशिले हातेमालो मातृभूमि युवा सृजनशील युवा सम्मान, मकवानपुरे अग्रज साहित्यकार रमेशमोहन अधिकारीलाई नगद १५ हजार रुपैयाँले क्षेत्रबहादुर बानियाँ स्मृति मातृभूमि सम्मान, रौतहटका साहित्यकार हरीकृष्ण काफ्लेलाई नगद १० हजार रुपैयाँले राजकुमार बानियाँ स्मृति मातृभूमि सम्मान गरिने अध्यक्ष पोखरेलले जानकारी दिए ।

ADVERTISEMENT

यस्तै मकवानपुरे गायक चिराग डंगोल मङ्लादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान, कलैयाका अप्सरा पुडासैनीलाई मायादेवी मातृभूमि साहित्य सम्मान र मकवानपुरे सञ्चारकर्मी सम्झना कार्की (नानिमैया) लाई मञ्जु सुवेदी मातृभूमि सम्मान प्रदान गर्ने भएको छ । मङ्लादेवी श्रेष्ठ स्मृति सम्मानको राशि ७ हजार ५ सय रुपैयाँ, मायादेवी मातृभूमि साहित्य सम्मान र मञ्जु सुवेदी मातृभूमि सम्मानको राशि समान १० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *