मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ४४ जनाको उम्मेदवारी दर्ता

हेटौँडा, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

ADVERTISEMENT

निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर–१ बाट २३ जना र क्षेत्र नम्बर–२ बाट २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। क्षेत्र नम्बर–१ मा विभिन्न राजनीतिक दलबाट १३ जना र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर–२ मा विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र उम्मेदवार छन्।

मंगलबार उम्मेदवारी दर्ताका लागि तोकिएको समयअनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारले दलबलसहित हेटौंडा बजार परिक्रमा गर्दै उम्मेदवारी दर्ता गराएका थिए।

क्षेत्र नम्बर–१ का उम्मेदवारहरू
क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा अमर दंगाल, अमिक परियार, टिका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मठु पुलामी मगर, राकेश कुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, सुशिला सुवेदी र ज्ञानसागर लामा रहेका छन्।

दलबाट उम्मेदवारी दर्ता गराउनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपकबहादुर सिंह, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह)बाट दिपक सिन्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेसनबाट युवराज लामा, नेपाल मजदुर किसान पार्टीबाट रंजना सुवाल मगजु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)बाट रामेश्वर राना मगर, जनता समाजवादी पार्टी नेपालबाट रुपक लामा, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ (महर्जन) र उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा रहेका छन्।

Advertisement 5

क्षेत्र नम्बर–२ का उम्मेदवारहरू

क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारका रूपमा अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बल रहेका छन्।

दलतर्फ जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह)बाट छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङतान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती र रामबहादुर थोकर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट महेशकुमार बर्तौला, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राम घलान, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, नेपाली काँग्रेसबाट बुद्ध लामा, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेशनल रिपब्लिक नेपालबाट सुर्य तामाङ बल, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट सूर्य राई तथा मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङतान उम्मेदवार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *