हेटौंडा, बागमती प्रदेश सरकारले नेपालमा नै पहिलोपटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदवाट प्रभावित किसानलाई राहत रकम प्रदान गरेको छ ।बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९।८० को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम रु। १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैया रकम वितरण गरेको हो ।
राहत रकम वितरणको लागि मन्त्रालयले मिति २०७९ मंसिर २३ गतेका दिन सार्वजनिक सूचना मार्फत विपदवाट प्रभावित किसानलाई निवेदन पेश गर्न आव्हान गरेको थियो । मन्त्रालयमा माननीय मन्त्रि डा। राजेन्द्र मान श्रेष्ठज्यूको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको विभिन्न मितिमा बसेको बैठकले ४१ जना किसानलाई १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैया रकम वितरण गर्ने निर्णय गरेको थियो । काभ्रे जिल्लाको नोबेल कृषि फर्म, धुलिखेल-३, रु ५ लाख ७० हजार, हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्म, चौरीदेउरालि-३ रु ३६ हजार, दाजुभाई एकिकृत बहुउद्देश्य कृषि फार्म, पनौती-९ ले रु ३५ हजार, गैरि गाउँ कृषि तथा पशुपन्छी फार्म, पनौती-५ रु ८ लाख २० हजार, टिम भिजन एग्रिकल्चर फार्म, पनौती-५ रु १० लाख, श्रेष्ठ वंगुर फार्म, पनौती-१० रु ९ लाख ६० हजार, उन्नति हाम्रो बंगुर फार्म, पनौती-१० रु १० लाख, एसएस बंगुर माछा तथा कृषि फार्म, बनेपा-७ रु १० लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।
यसैगरि चितवन जिल्लाको पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रालि, भरतपुर-६ रु १० लाख, गोपी पशुपन्छी फर्म, इच्छाकामना-७ रु १० लाख, गौशाला कृषि फर्म, खैरहनी-४, रु ८ लाख ७० हजार, न्यु कर्माचार्य एकिकृत फर्म, खैरहनी-१ रु १० लाख, सिमलढाप कृषि व्यवसायिक फर्म, इच्छाकामना-७ रु २ लाख, श्री कुमार चेपाङ, इच्छाकामना-७ रु २ लाख, गुरुङ्ग एकिकृत पशुपन्छी पालन तथा वंगुर फर्म, रत्ननगर-११ रु १ लाख ४० हजार, पौडेल एकिकृत पशुपन्छी मत्स्य तथा कृषि फर्म, रत्ननगर-९ रु ६ लाख २० हजार, श्री सियाना महतो, रत्ननगर-३ रु १० हजार, श्री सुकदेव धरेल, राप्ती-६ रु १० हजार, श्री सावित्री कुमारी धरेल राप्ती-६, रु ६ हजार १ सय २० र श्री दण्डपाडी दनै, राप्ती-६, रु ११ हजार १ सय ६० राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।
त्यसैगरी नुवाकोट जिल्लाको धादिङ कृषि फर्म, ककनी-२ रु ३ लाख ८० हजार, एसआर बंगुर तथा पशुपन्छी फर्म, शिवपुरी-८ नुवाकोट रु ७ लाख ३० हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको छ । पोकम कृषि बहुउद्देश्यीय प्रालि, सुर्यविनायक-७, भक्तपुर रु १० लाख, त्रियोगा एग्रिकल्चर प्रालि, गोदावरी-७ ललितपुर रु १० लाख, सुनाखरी पशुपालन तथा अर्गानिक तरकारी फार्म प्राली, महालक्ष्मी-८, ललितपुर रु १० लाख, श्री मंगली नेपाली, निलकण्ठ-७ धादिङ रु १० हजार, राम बहादुर रोक्का निलकण्ठ-७ रु ४० हजार, एसएस पशु रागा फर्म तथा माछापालन, गोलाञ्जोर-६ सिन्धुली रु १ लाख ३० हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।
मकवानपुर जिल्लाको एलिना बंगुर फर्म, हेटौंडा-११ रु ३ लाख ९० हजार, सिमलथली बाख्रा फर्म, हेटौंडा-३ रु १ लाख १३ हजार, श्री कल्पना घिमिरे, हेटौंडा-६, रु १ लाख ३६ हजार ९ सय २०, श्री अम्बिका खतिवडा, हेटौंडा-६ रु १० हजार ८०, श्री कृष्ण प्रसाद दंगाल, हेटौंडा-६, रु १० हजार ८०, श्री किर्तिमान श्रेष्ठ, हेटौंडा-६ रु १७ हजार ६ सय ४०, श्री प्रदिप थापा क्षेत्रि, हेटौंडा-१७ रु ७५ हजार ६ सय, एकिकृत बस्ताकोटी कृषि फर्म, इन्द्रसरोवर रु ४५ हजार १ सय ६०, अनुस्थ नर्सरी तथा व्यवसायिक तरकारी फर्म, हेटौंडा-६ रु ३० हजार २ सय ४०, श्री पुष्पराज पराजुली हेटौंडा-६ ले १० हजार ८० राहत रकम उपलब्ध गराउने निर्णय भएको
छ । श्री मान बहादुर तामाङ्ग, भिमेश्वर-९ दोलखाले रु १ लाख १० हजार तथा काठमाडौं चन्द्रागिरी न.पा.-२ का श्री सन्देश महर्जनले रु२८ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।
स्वीकृत भएको राहत रकम किसानकै खाता जम्मा भईरहेको छ । राहत रकम वितरणको लागि आर्थिक वर्ष २०७९।८० मा मन्त्रालयले कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाइ राहत वितरण कार्यविधि,२०७९ स्वीकृत गरेको छ । राहत रकम प्राप्त गर्नको लागि किसानले निवेदनको साथै विपदको घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धीत स्थानीय तहको सिफारीस, सम्बन्धित कृषि ज्ञान केन्द्ररभेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, बीमा नगरेको प्रमाण, कुनै निकायवाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेश गर्नुपर्ने हुन्छ । मन्त्रालयमा पेश भएको निवेदनलाई अध्ययन तथा निरीक्षण समितिले रकम सिफारीस सहित राहत व्यवस्थापन तथा निर्देशन समितिमा पेश भएपश्चात स्वीकृत हुनेछ ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले भने, “राहत वितरण कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयमा पहिला दर्ता हुने निवेदन उपर पहिलो कार्यवाही गर्ने गरेका छौं” । हाल मन्त्रालयमा ६ वटा नया निवेदन दर्ता भइसकेको छ भने ११ वटा निवेदनको कागजात चेकजाच सकेर निर्देशन समितिमा पेश हुने प्रक्रियामा रहेको छ । मन्त्रालयको आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक स्वीकृत कार्यक्रममा रु। ५ करोड बजेट विनियोजन भएको छ । यस आर्थिक वर्ष २०७९।८० मा राहत वितरण हुन नसकेको निवेदनलाई आगामी आर्थिक बर्षमा सम्बोधन गर्ने मन्त्रालयको योजना रहेको छ ।






