महिला भलिबल उपाधीको लागि ५ र १७ भिड्ने

हेटौंडा/केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा जारी चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुप्राचौरमा जारी रहेको छ। उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधीको लागि वडा नम्वर ५ र १७ भिड्ने भएको छ ।

ADVERTISEMENT

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्वर ९ लाई प्रोटेस्ट लागेपछि वडा नम्वर ५ फाइनल प्रवेश गरेको हो । यसैगरी शनिबार भएको दोस्रो वडा नम्वर १९ र १७ बीच भएको सेमिफाइनल खेलमा वडा नम्वर १७ विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टीमले ५ सेट खेल्दा १७ ले आफ्नो पक्षमा ३ सेट र १९ ले दुइसेटमा मात्र विजयी बन्यो ।
यसैगरी शनिबार भएको पुरुष खेलबाट पनि सेमिफाइनल खेलको टुंगो लागेको छ । प्रतियोगितामा वडा नम्वर १२, १७, ११ र १९ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाइनल खेलमा वडा नम्वर १३ प्रतियोगितामा सहभागी नहुँदा वडा नम्वर १२ ले वाक ओभर पाउँदै सेमिफाइनल प्रवेश गरेको छ । यसैगरी शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा वडा नम्वर १७ विजयी भयो । वडा नम्वर ६ लाई २५–१७ र २५–२२ को सोझो सेटले हराउँदै वडा नम्वर १७ सेमिफाइनल प्रवेश गरेको हो । यसैगरी वडा नम्वर ११ र १६ बीच भएको प्रतियोगितामा ११ बिजयी भएको छ । वडा नम्वर १६ लाई सोझो सेट २७–२५ र २५–१९ ले हराउँदै वडा नम्वर ११ सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी वडा नम्वर १९ र ५ बीच भएको अन्तिम खेलमा १९ विजयी भयो । १९ ले ५ लाई २५–२१, २५–२० को सोझो सेटले पाखा लगाएको हो ।

पुरुष भलिबलको सेमिफाइनल खेल आइतबार विहान हुने र महिला तथा पुरुषको फाइनल खेल बेलुका हुने प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैया“ प्राप्त गर्नेछन् । प्रतियोगितामा महिलातर्फ १० वटा र पुरुषतर्फ १२ टिमले सहभागीता जनाएका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *