नारी हिंसा

नेपाल एक विकाशोन्मुख राष्ट्र हो । जहाँ धनी, गरिब र मध्यवर्गीय मानिसहरु बसोबास गर्दछन् । करिव ३ करोड जनसंख्या भएको देश नेपालमा महिला राष्ट्रपति रहेका छन् । राष्ट्रको उत्कृष्ट स्थानमा समेत महिलाले अवसर पाएको देशमा दिन प्रतिदिन महिला हिंसा भइरहेको हामीलाई अवगत छ ।

ADVERTISEMENT

महिला शब्दलाई हामीले नारी भनेर पनि बुझ्ने गर्दछौँ । नारी सृष्टिको अभिन्न अंग हुन् । नारी जननी हुन्, शक्ति हुन् । नारी बिनाको सृष्टी अपुरो छ अधुरो छ । कुनै पनि घरलाई नारीले नै स्वर्ग जस्तो बनाएर राखेको हुन्छ । त्यसै नारीलाई र त्यसै नारीलाई समाजमा पुरुष जातको मान्छेले आफ्नो पैतालो भनि दवाएर राख्न खोज्दछ । सधैँ पुरुषको स्याहार सुसार र सम्हारमा व्यस्त नारी आफ्ना हरेक सपना र इच्छाहरुलाई प्राप्त नहुँदै मर्न बाध्य भएकी हुन्छिन् । आधा रातमा उठेर घर धन्दा गरी पुरुषका लागि श्वास पछिको गाँसको बन्दोबस्त गर्ने नारीको यो समाजमा कुनै पनि मूल्य मान्यता रहेको पाइदैन । घरमा, बाटोमा, पँधेरोमा, जताततै नारी असुरक्षित छन् । त्यस्तै आफ्नै बाउ, ससुरा, छोरा, ज्वाइ आदिबाट नै नारी हिंसामा परेका पनि प्रशस्तै उदाहरणहरु छन् । निर्मला, सुस्मीता, भागरथी, सविता जस्ता अनेकौ संख्यामा हिजो पनि आज पनि यौन पिपाषुहरुको फन्दामा परि देह त्याग गरि देह त्याग गरि गराइएका छन् । साँच्चै भन्नु पर्दा अब त समाजमा नारीको जन्म नभएपनि हुन्छ जस्तो लाग्न थाली सक्यो ।
अब हाम्रो नारी एक अर्कासँग मिली हिंसा विरुद्धको ज्वाला दन्काउने बेला आएको छ ।

महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरुलाई समाजका महिलाहरुलाई सचेत गराउनु पर्ने समय ढिला हुन लागी सकेकोछ । अब कतिपनि अवेर नगरी समाजमा नारीलाई स्वतन्त्रताका साथ सुरक्षित महसुस गरी शिर उच्च राखी सबैका सामु उभिनको सार्मथ्य जुटाउनु पर्नेछ ।

उठ आफू उठाऊ आफ्ना वस्तीहरु
हामी नारी सृष्टिका हौँ महान हस्तीहरु
के सोच्दछ समाजले यो नारीको जातलाई
खाट्ट काट्नु पर्छ अब बलात्कारी हातलाई

समाजमा हामीलाई खेलौनाझै गर्न थाले
हामी जस्ता कैयाँै महिला दिनदिनै मर्न थाले
भागीरथी, निर्मला, सुस्मीता, सविता
किन मा¥यो हाम्रो चेलीका रुप थिए देविका
कविताले भनेझैँ अब परिवर्तनको शुरुवात गर्न आफु र अरु सबै मिलेर लागी पर्नु छ । समाजबाट महिला हिंसा सधैँका लागि अन्त्य गर्नुपर्छ ।

नाम: साइस्तु घिमिरे
कक्षा: ९
बालजागृति इंग्लिस सेकेण्डरी स्कूल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya