हेडम्बा, भूदेवी र भुटनदेवी

कौरव र पाण्डवबीच कल थियो । पाण्डवहरुलाई मार्न चाहन्थे दुर्योधन । कौरवले पाण्डवहरुलाई विभिन्न लाञ्छना लगाउँदै लाक्षागृह सुरुङबाट निस्केर जङ्गल हुँदै नदीमा आइपुगे । नाविकले डुंगा ल्याएर गङ्गा किनारामा राख्यो र पञ्च पाण्डवलाई सवारी होस् भन्यो ।

ADVERTISEMENT

डुंगाबाट गङ्गा तार्‍यो र सबैलाई नमस्कार गर्दै नाविक फर्कियो । हिँड्दा–हिँड्दा ठूलो घनघोर जङ्गलमा पुगे, थकाइ–प्यासले गर्दा साह्रै थकित भएर पनि दुर्योधनले जानकारी पाउला भनी गुप्त ठाउँ खोज्दै आराम गर्दथे । नारायणी नदी तरेर सोमेश्वर डाँडा, माडी हुँदै कुशबहिनी उत्तरतर्फ बहेको नदी, कर्णावती र रत्नावतीको संगममा स्नान, तर्पण मार्जन गरेर आरामका लागि यहाँ आएर ठूलो पीपलको रुखमुनि छयामा आराम गरेका थिए ।

त्यसै समयमा थका, भोक, प्यास, निद्राले गर्दा जमिनमै शत्रु संहरी बसुदेवकी बहिनी महारानी कुन्ती भोजकी (कन्या) राजा विचित्र वीर्यकी बुहारी महात्मा सम्राट् पाण्डुकी धर्मपत्नी, लक्का जवान कर्मठ धर्मात्मा छोराहरु, धर्म वायु इन्द्रबाट छोरा जन्माएकी थिइन् । उनका लागि कोमल मखमली विछ्यौनाहरु भएनन् । त्यही समयमा हिडिम्ब भीमसेन भएको स्थानमा आइपुगिन् । उनका दाजु हिडिम्ब नामको राक्षस ठूलो सालको रुखमा बस्दथे । बहिनी हिडिम्वालाई सबै विवरण बुझी आउन पठाएको थियो ।

भीमसेनलाई देख्नासाथ राक्षसी कामासक्त बनी हिडिम्वा राक्षसी रुप परिवर्तनगरी मानवी सुन्दर रुप लिई हाउभाउ कटाक्ष र लज्जालु सुगन्धित बनेर दिव्य आभूषणयुक्त भएर मुसुक्क हाँस्दै भीमसेनलाई भनी हे पुरुषका मणि कहाँबाट आउनुभयो ? को हुनुहुन्छ ? यी सुतिरहेका देवता–देवीजस्तो को को हुन् ? यो भयानक डरलाग्दो जङ्गलमा निःशंक बनी सुतिरहेका छन् । यो राक्षसको बसोबास क्षेत्र हो । हिडिम्व मेरो दाजु राक्षस हो, उसले तपाईहरुको मासु खान चाहन्छ । तपाईको रुप, डाल हेरेर मैले पति वरण गरिसकेँ । मेरो रुप यौवनले गर्दा तन मन नै कामदेवको वशमा परिसकेको छु । म हजुरकी सेविका हुँ । मलाई हजुरले स्वीकार्नुपर्दछ । मैले यस नरभक्षी राक्षसबाट बचाउन दूरदराजका पर्वतहरुको गुफामा पुर्‍याउन सक्दछु । तपाई मेरा पति बनिदिनोस् म तपाई र तपाईका सबैलाई कल्याण गर्दछु ।

हजुरले निराश पारिदिँदा परित्यक्ता मेरो प्राण उड्छ । म कदापि बाँच्ने छैन, म आकाश चारिणी हुँ । जहाँ इच्छा हुन्छ, त्यही पुग्न सक्दछु । मसँगै हजुरलाई लिएर नयाँयनाँ ठाउँमा विहार गरेर अनुपम प्रसन्नता, खुसी लिनुहोस् । भीमसेनले भने, हे राक्षसनी यी मेरा जेठा दाजु र मेरा लागि गुरु पनि हो । उहाँले विवाह गर्नुभएको छैन । त्यसकारण म तिमीसित विवाह गर्न कुरै हुँदैन । म आमा, दाजुभाइहरुको सुरक्षार्थ बसिरहेको छु । उहाँहरुलाई छोडेर जान सक्दिनँ ।

राक्षसनीले भनिन्, तपाईको इच्छाअनुसार गर्नेछु । यी सबैलाई उठाइदिनोस् । म नरभक्षी राक्षसबाट छुट्कारा दिलाउनेछु । भीमले भने म उठाउन सक्दिनँ । डरछेरुवा, सुन, मेरो पराक्रम त राक्षस, यक्ष, गन्धर्व, मनुष्यहरु थाम्न सक्दैनन् । तिमी जाऊ वा बसिरहू तिम्रो ती नरभक्षी दाजुलाई पठाई देऊ ? मलाई केही फरक पदैृन भन्दै थिए । हिडिम्व आइपुग्यो, उसको बहिनीले डर मानिरहँदा भीमले भने –नडराऊ मेरो अगाडि राक्षस केही छैन, मेरो वेग थाम्न नरभक्षीले सक्नेछैन । मेरा पाखुरा, पिँडुला, काँध हेर मानिस भनेर चानचुने नसम्झ, अब देखौली मेरो दाइ राक्षस मानिसउपर कस्तो प्रभाव पार्छ भनेर पो भनिरहेको हो । नरभक्षी राक्षस खबु रिसायो, भीमले भनेको कुरा पनि सुन्यो । अनि राक्षस बहिनी मानिसको रुप लिएको पनि हेर्‍यो । बहिनीउपर रिसले चुरमुरियो । त्यस राक्षसले भन्यो –ए हिडिम्वे म त भोजन चाहन्छु । मलाई बाधा व्यवधान गर्ने को हो ?

तैँले मनुवालाई लोग्ने तुल्याउने मन बनाइस् ? ए दुराचारिणी तँलाई धिक्कार छ । राक्षस कुलकी कलंकिनी होस् ? यी सबैलाई मारेरै छाडिदिन्छु, भन्दै लाल आँखा गर्दै दाह्रा किट्दै बहिनी र पाण्डवहरु सबैलाई नामै मेटाउँछु भन्दै झम्ट्यो । योद्धा भीमले हिडिम्वातिर झम्टेको देखेर हप्काएर पख भने । हे हिडिम्ब धेरै हल्ला नगर यी मेरा आनन्दसाथ निदाइरहेका आमा, दाजुर भाइहरु बिउँझाइस् खोटो बुद्धिको नरभक्षी राक्षस मसित भिड । बहिनी र महिला केटीमाथि किन जाइ लागिस् । यसले कुनै अपराध गरेको पाइन । यसलाई कामदेवले जोस्याएर मलाई पनि पति बनाउन चाहन्छे । तेरो बहिनी तेरै आदेशबाट यहाँ आएकी हो । ए दुष्ट म हुँदाहुँदै महिला मार्न पाइँदैन ।

आइज मसँग म एक्लैले तँलाई यमलोक पठाइदिउँला र यस जङ्गललाई राक्षसबिनाको हुनेछ । यहाँ भएका जीवजन्तु सबैलाई सुरक्षा गरौँला । भीमसेन र राक्षस हिडिम्वको युद्ध भयो । भीमसेनले निदाएका आमा, दाजु र भाइहरु बिऊँभन्छन भनी हिडिम्वलाई घचेड्दै पर पुर्‍याए । दुवैको भिडन्छ भयो । दुवै मत्ता हात्ती जस्तै पराक्रमी वीर भएर रुखहरु उखेल्दै एक्लै अर्कोलाई हिर्काउँदै वन उजाड बनाए । ठूलो अग्लो रुख ढालेर हिर्काउँछन् । ठूलो आवाज आएको थियो । पशुपंक्षी आतंकित भए । बलोन्मत्त दुवै योद्धा विरोधीलाई मारिहाल्छ भने जस्तो थियो । घमासान युद्धको आवाज र धुलो उडेको कारण कुन्ती र पाण्डवहरु बिउँझिदा अगाडि हिडिम्वा उभिरहेकी थिई। हिडिम्वाले कुन्तीलाई आफ्ना मनोभाव बताइसकेको कुरा बताई ।

यहाँ राक्षस हिडिम्वको बासस्थान हो, यही म पनि बस्दछु । मलाई हिडिम्वको बहिनी भनेर चिन्दछन् । मेरा दाजु नरभक्षीले तपाईका छोराहरुलाई हत्या गर्न मलाई पठायो । उसको मति साह्रै क्रूर छ । तपाईका छोरामाथि मेरो दृष्टि पर्‍यो । देख्नासाथ प्राणीका मनमनमा विचरण गर्ने कामदेवबाट प्रेरित भएँ । वशवर्तिनी भइदिएँ र भीमसेनलाई पति रुपमा वरण गरेँ । हजुरहरु सबैलाई लिएर भागूँ भनेँ तर हजुरको छोराको अनुमति पाइनँ । अहिले मनुष्य र राक्षसबीच युद्ध भइरहेको छ । युधिष्ठिर, अर्जुन, नकुल, सहदेव पनि उठे । जुधिरहेका दाजु भीमलाई अर्जुनले भने दाजु डराउनु पर्दैन । हामीलाई थाहा नभएर हो, म आइसकेको छु । नकुल, सहदेवले आमाको रक्षा गर्नेछन् । भीमले बोले तिमी तटस्थ बस । यसलाई कुनै हालतमा पनि बच्न दिन्नँ । अर्जुनले भने –यो चुत्थो राक्षसलाई समय खेर नफालाँै । प्रातः सन्ध्याको बेला हुन लाग्यो । यस्तो रौद्रमुहूर्तमा राक्षसहरु बलवान् हुन्छन् । भीमसेन यो कुरा सुनेर सन्किहाले । प्रलयकारी वायुझैँ बल र वेग गरेर तेरो इहलीला समाप्त पारिदिन्छु । यस वनलाई निष्कन्टक तुल्याउँछु ।

राक्षसलाई उठाएर भुँइमा बजारे । राक्षस बेस्सरी चिच्यायो । भीमले पनि दुवै पाखुरा बाँधेर मोडिदिए । कसेर जोड गरी तान्दा कम्मरै भाँचिनु पुग्यो । इहलीला समाप्त भयो । सबैले भीमसेनलाई धन्यवाद दिए । प्रात: काल हुन लाग्यो दुर्योधनले थाहा पाउँछ भन्दै अगाडि बढिरहँदा हिडिम्वा पनि पछि लागि माता कुन्तीदेवी दाजु युधिष्ठिरलाई प्रणाम गर्दै भीमसँग अनुरोध गरी । तपाईलाई देख्नासाथ म कामदेवबाट पीडित भइहालेँ । दाजुको क्रूरता वचन परवाह नै गरिनँ । हजुरकै अनुसरण गरेँ । म हजुरको सेवा गर्न चाहन्छु भनिरहँदा भीमसेनले भने राक्षसहरु मोहिनी मायामा अडिएर युगौँयुगसम्म वैरभाव गर्दछन् । त्यसकारण दाजुकै बाटो लाग । भीमको बोलीमा युधिष्ठिरले भने–तिमीमा रिस छ तर पनि एक महिलाको हत्या नगर है भने । जिउज्यान बचाउनुभन्दा धर्म बचाउनु ठूलो हुन्छ ।

धर्म बचाऊ भाइ भनिरहँदा हिडिम्व हामीलाई मार्न आएको थियो । उसलाई वध गरिदियाँै उचितै भयो । यसले पछिसम्म हाम्रो रिस गरेर पनि के हुन्छ र ? हिडिम्वाले हात जोडेर कुन्तीदेवी महिलालाई हुने पीडा हजुरलाई अनुभव छ । मेरो पीडा हजुरको छोरा भीमप्रति भइरहेको छ । पीडा सहिरहेका छु । मैले आफ्नो सबै गुमाएँ । हे देवी मलार्य मूर्ख महिला सुसारे सम्झेर कृपा गर्नुहोस् । म त यातुधानी हुँ न त निशाचारी नै हुँ । म राक्षस जातिकी सुशीला कन्या हुँ । मेरो नाम ‘सालङ्कटी’ हो । मसँग देवता बराबरको तेज छ । हजुरहरुको संकत पर्दा मैले बचाउनेछु । म हजुरहरु सबैलाई बुईमा राखेर एकैसाथ लैजान सक्छु । त्यहाँबाट भागेको कुरा व्यासजीलाई थाहा भइसक्यो । उहाँ शालिहोत्र मुनिको आश्रममा बस्नुहुनेछ । शालिहोत्रले तलाउ र वृक्ष निर्माण गरेका छन् ।

राक्षसनी, त धर्मको कुरा गर्दै कुमारी सन्तानका निम्ति केही अवधिलार्य भीमसेनको सेवा गर भनी युधिष्ठिरले भन्नुभयो । युधिष्ठिरले भने – हे कल्याणी, भीमबाट स्नान नित्य कर्म र मांगलिक कार्य गरेर वेशभूष पहिरिसक्नेछन । सो पछि सूर्यास्त नहुन्जेल उनीसँग रहेर उनको सेवा गर्न सक्नेछाँै । रातमा सधैँ नै तिमीले भीमलाई हामी भएकै ठाउँमा ल्याइदिनुपर्ने छ । यस क्षेत्रका जीवजन्तु मानिस सबै चराचर जगत्को रक्षा तिमीले गर्नुपर्नेछ । कुन्ती माता र युधिष्ठिरले राखेका सर्त स्वीकारी तब कुन्तीले हिडिम्वालाई छातीमा टाँसिन् । शालिहोत्र मुनिले भोजनको व्यवस्था गराए । हाम्रो योग सिद्धि होला, योग क्षेत्र सिद्ध हुन्छ । यो बसाइ दुर्गम हुनाले कल्याणकारी सिद्ध होला हिडिम्वाले एउटा पुत्र देऊ भने ।

भीमसेनले भने एउटा छोरा नपाएसम्म तिमीसँग विहार गर्दछु । त्यसपछि गर्दिनँ । हिडिम्वा भीमसेनलाई लिएर आकाश मार्गमा उडी मानसरोवरदेखि महर्षिका आश्रम, गुफामा पुर्‍याई हिडिम्वा मनको वेग लिएर उड्दथी, भीमसेनलाई मख्ख पार्दै घुमाउँथी, छोरा जन्माई । शिर, उत्कच (केशरहित) हुँदा घटोत्कच नाम राखे । हिडिम्वाको नामबाट अप भ्रंश हुँदै आजको हेटौंडा नामकरण भएको छ । राक्षसी प्रवृत्ति त्यागी चरा चर जगतको रक्षा गरेकीले भुदेवी भन्दै जाँदा आजको भुटनदेवी भएको हुन सक्दछ ।
स्रोतः–
१. महाभारत महर्षि वेद व्यासद्वारा रचित आदि पर्व, जतु गृहपर्व हिडिम्व वध पर्वसम्म पर्दछ ।
(मकवानपुर परिचय भाग– २ किताबबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya