हेटौंडामा दौरा सुरुवाल पुर्नताजिकी तालिम सुरु

हेटौंडा, हेटौंडामा राष्ट्रिय पोशाक दौरा सुरुवाल सिलाई पुर्नताजिकी तालिम मंगलबारबाट सुरु भएको छ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक हप्ते निःशुल्क दौरा सुरुवाल तालिम सुरु भएको हो ।

ADVERTISEMENT

नेपालीको पहिचान बोकेको नेपाली पोषाक दौरा सुरुवाल लोप हुदै जान थालेकाले यसको संरक्षण तथा प्रर्वधन गर्न तालिम आयोजना गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष मेनका श्रेष्ठले बताइन् । नागरिकलाई तालिम प्रदान गरी स्वरोजगार एवम् आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम संञ्चालन गरिएको उनले बताए ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका सिग्देलले ब्यवसायीको सीप क्षमता वृद्धिका साथै राष्ट्रिय पोशाकको समेत संरक्षण हुने यस्ता कार्यक्रमबाट ब्यवसायिले धेरै भन्दा धेरै फाइदा लिन आग्रह गरेका थिए ।

प्रशिक्षक नारायण सिंह थिङले प्रदान गर्ने तालिममा महिला र पुरुष गरी २० जनाको सहभागीता रहेको छ । बुधबारबाट नै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक महिने निःशुल्क गार्मेन्ट बेसिक तालिम सञ्चालन हुँदैछ । उक्त तालिममा सहभागी व्यक्तिहरुलाई हेटौंडा उपमहानगरपालिकाले रोजगारीको सुनिश्चितता गर्ने बताएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *