हेटौंडा, बजाज मोटरसाइकलको अधिकृत विक्रेता होराइजन अटो प्रालि, हेटौंडा–१० बाट पल्सर खरिद गर्दा चितवन भरतपुर–०७ का सुसिल दत्त पौडेल ‘प्लेयर अफ द वीक’ घोषित भएका छन्।
दसैं, तिहार तथा छठ पर्वको अवसरमा बजाज कम्पनिको मोटरसाइकल खरिद गर्दा साप्ताहिक लक्की ड्रमा पौडेललाई ५० हजार रुपैयाँ उपहार प्राप्त गरेका हुन् । लक्की ड्रमार्फत ५० हजार रुपैयाँ जित्नुभएका पौडेललाई होराइजन अटो परिसरमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको सञ्चालक लालकाजी रत्न बज्राचार्यले जानकारी दिए।
भरतपुरका पौडेलले हेटौँडास्थित होराइजन अटो प्रालिबाट एक साताअघि मात्रै १५० सीसीको पल्सर मोटरसाइकल खरिद गरेका थिए । उनका अनुसार, बजाजको चाडपर्व लक्षित अफरले ग्राहकहरूमा थप उत्साह र रुचि पैदा गरेको छ। बजाजले यस योजनाअन्तर्गत हरेक हप्ता एक जनालाई ‘प्लेयर अफ द वीक’ घोषणा गरी पुरस्कार वितरण गर्दै आएको छ। साथै, भाग्यशाली विजेताले रु १ लाखसम्म जित्ने अवसर समेत पाउनेछन्।







