हेटौंडा, जनकपुरधाममा यही चैत २३ गतेबाट हुने प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुरे खेलाडीहरु छनौट भएका छन्।
छनौट हुनेमा शुभ कंसाकार, गौरभ खड्का, विशाल फुयाँल, सुमन सुनार, सक्षम बास्ताकोटी, रामनरेश गिरी, रिजन ढकाल, सुवर्ण भट्ट, अशिम श्रेष्ठ, रोहित शर्मा, सुमित वाग्ले, गोकुल अधिकारी, अस्तिक दाहाल र गौरभ क्षेत्री रहेका छन् । मकवानपुरे क्रिकेट टिमका कप्तानी सुमन सुनारले गर्नेछन् भने म्यानेजरमा बिनोदकुमार बानियाँ रहेका छन् ।
मधेस प्रदेशको आठवटै जिल्लाको टिमहरूसहित कुल १२ टिमहरूको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा मेयरकप हुन लागेको हो । प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहितट्रफी प्राप्त गर्ने छन् ।
त्यसैगरि म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले क्रमशः दश/दश हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छ ।