हाँडिखोला स्वास्थ्य चौकिमा चिकित्सकीय सेवा

मनहरी, मनहरी गाउँपालिका वडा नं ३ को हाँडिखोला स्वास्थ्यचौकिमा चिकित्सकीय सेवा सुरु गरीएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले चिकित्सकीय सेवाको सुरुवात गरेको हो ।

ADVERTISEMENT

यस मनहरी अस्पतालमा मात्र भएको सेवासुविधाहरलाई दुर्गम गाउँको स्वास्थ्यचौकिबाट पनि प्रवाह गर्ने उद्देश्यले थालनी गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो । साविक हाँडिखोला गा.वि.स का मानीसहरुलाई लक्षित गरी गाउँपालिकाले साताको एक दिन एमविविएस डाक्टर सहितको सेवा सुरु गरेको छ । बिरामीको चापलाई मध्येनजर गरी आगामी दिनमा थप व्यवस्थीत गर्दै दरवन्दीनै कायम हुने गरी नियमीत डाक्टरको व्यवस्था गर्ने अध्यक्ष कालाखेतीको भनाई छ ।

गाउँपालिकाको वडा नं १,२,३ र ४ नं वडाको बीचमा रहेको उक्त स्वास्थ्यचौकिबाट नियमीत रुपमा दिशा, पिसाब तथा रगत जाँच लगायतको सेवाहरु प्रदान गरीँदै आएको ३ नं वडाअध्यक्ष तथा सामाजीक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालले बताउनुभयो । गाउँपालिकाले चिकित्सकको व्यवस्था गरेपछि आगामी दिनमा स्वास्थ्यउपचारका लागि सदरमुकामसम्म धाउनु पर्ने बाध्यताको अन्त्य हुने उहाँको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *