तुल्सी मेहरका विद्यार्थीलाई बिदाई कार्यक्रम

हेटौंडा, हेटौंडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ ।

विद्यालयले सौराहामा एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० का ६१ जना विद्यार्थीहरुलाई खादा र टिका लगाएर बिदा गरेको थियो। कक्षा १० का ६१ जना विद्यार्थीहरुले तुल्सी मेहरबाट यसवर्षको एसइइ परिक्षा दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले विद्यार्थीको उज्जवल भविष्यको कामना सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा तुल्सी मेहरमा अध्यापन गराउने माध्यमिक तहका ५ जना शिक्षकलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button