‘जीवन उपयोगी शिक्षाको रुपमा गणित विषयलाई लिनुपर्छ’

हेटौंडा, निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । मंगलबार नवोदय गणित समूहले आयोजना गरेको ‘म्याथ क्याम्प फायर’ कार्यक्रममा अध्यक्ष सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु र प्रत्येक पाइलामा प्रयोग गर्न ‘आइडिया’ निकाल्न सक्ने जनशक्ति निर्माण गर्नु गणितको मुख्य उद्देश्य रहेको बताए ।

ADVERTISEMENT

‘गणित कठिनाई विषय होइन । यसलाई हामी आफैँले कठिनाइ बनाएका हौँ ।’ उनले भने –‘गणितलाई कठिनाइको रुपमा नहेरी सकरात्मक रुपले कार्य पूरा गरेमा नतिजा पनि सकरात्मक आउने छ ।’ नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले दैनिक जीवनमा गणित विषय कसरी प्रयोग हुन्छ भन्ने विषयमा जोड दिएका थिए । नवोदय विद्यालयका विद्यार्थीले प्रस्तुत गरेको सौर्य प्रणाली गणित विषयमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्तुती तारिफ योग्य रहेको उनले बताए। नवोदय गणित समूहका अध्यक्ष एल्जीना दङ्गालको सभाध्यक्षतामा भएको नवोदय म्याथ क्याम्प फायर कार्यक्रममा २४ वटा स्टल विद्यालयको प्राड्डणमा राखिएको थियो । जसमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले हलो, ढिक्की र मादल निर्माण गर्दा गणित विषयको प्रयोगको विषयमा प्रस्तुती दिएका थिए भने कमाने एकेडेमी विद्यालयका विद्यार्थीले ‘द म्याथ अफ आवर युनिभर्स’ सम्बन्धी सामग्री स्टलमा राखेका थिए ।

यसैगरी नवोदय विद्यार्थीले सांस्कृतिक कला, व्रम्हाण्ड र प्राकृतिसँग गणित कसरी जोडिएको छ भन्ने सामग्री जस्तै (चरेसको थाल, ग्यालेक्सी, गितार, साराङ्गी, रङ्गोली, हिमालय श्रृङ्खला, ट्याली हाउस) लगायत स्टलमा प्रस्तुत गरेका थिए । कार्यक्रमले गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्धत मिल्ने भएकोले गर्दा नवोदय गणित समूहले कार्यक्रम गर्दै आइरहेको छ । म्याथ क्याम्फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने नवोदयका गणित शिक्षक गोपाल घिमिरेले बताए । गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम नवोदय गणित समूहको चौथो कार्यक्रम हो । विद्यालयका भाइस प्रिन्सिपल दुर्गा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *