असार १४ गतेबाट थाहानगरमा सातौँ उपमेयरकप डबल ब्यडमिन्टन प्रतियोगिता हुँदै

हेटौँडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा यही असार १४ गतेबाट उपमेयरकप डबल ब्याडमिन्टन प्रतियोगिता शुरु हुने भएको छ ।

ADVERTISEMENT

तीन दिनसम्म सञ्चालन हुने सातौँ संस्करणको यो प्रतियोगिता थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको व्यवस्थापनका हुन लागेको हो । असार १४, १५ र १६ गते थाहा–४ क्याम्पाडाँडा स्थित कबर्डहलमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले २१ हजार, दोस्रोले १५ हजार, तेस्रोले ६ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने भएकाछन् ।

प्रतियोगितामा सहभागी हुनका लागि असार १३ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने प्रतियोगिताका संयोजक च्याङ श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *