सामाजिक रूपान्तरणमा युवाको भूमिका महत्वपूर्ण: सचिव सिग्देल

हेटौंडा, नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले सामाजिक रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रिय युवा संघ, नेपालको हेटौँडा १३ नं। वडाको भेलामा बोल्दै उनले युवा समुदाय सचेत समुदाय भएकोले सामाजिक रूपान्तरणद्वारा विकास र समृद्वि हासिल गर्न सकिने भएकोले युवाहरू उत्पादनसंग जोडिदै राजनीति र सामाजिक अभियानमा जोडिन पर्ने बताए ।

भेलाले संयोजक राजेन्द्र घिसिङ्ग, सचिव जग्गनाथ पौडेल रहेको १७ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरेको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य ईन्द्रप्रसाद नेपालले पार्टी नेता र कार्यकर्ता एकताबद्व भए नेकपा एमालेले देश र जनताको हित हुने र हरेक परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य सानू लामा, सुनिल लोप्चन, १३ नं। वडा निर्वाचित अध्यक्ष पेम्बा लामा, राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य दिलकुमारी घर्ती, प्रकाश लामा, जिल्ला युथ फोर्स प्रमुख प्रकाश सुवेदी, जिल्ला सचिवालय सदस्य सविन लामा, पार्टी नगर सचिवालय सदस्य अभिजित श्रेष्ठ, नगर सदस्य केदार गौतम, पार्टी वडा अध्यक्ष भीमबहादुर थिङ्गलगायत उपस्थिति रहेको कार्यक्रमको सुनिल पौडेलको अध्यक्षता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button