सहिदको सम्झनामा नवोदयमा रचनात्मक ‘प्लेस्टेसन’ कार्यक्रम

हेटौंडा, देशको लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सहिद दिवस तथा रचनात्मक प्लेस्टेसन कार्यक्रम आयोजना भएको छ । नवोदय साहित्यिक बगैँचा बाल क्लव तथा नवोदय सामाजिक क्लवको संयुक्त आयोजनामा मंगलबार सहिद दिवस तथा रचनात्मक प्लेस्टेसन कार्यक्रम भएको हो ।

ADVERTISEMENT

आफ्नो भनाइ राख्दै सुवेदी

सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको तस्विरमा माल्यर्पण गरी कार्यक्रम उद्घाटन भएको हो । सहिद दिवस कार्यक्रमकी संयोजक तथा नवोदय साहित्यिक बगैँचा बाल क्लवकी अध्यक्ष विदुषी हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा सहिद आकाश सुवेदीका छोरा दिनेश सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका सुवेदीले सहिदको परिभाषामा अहिले धेरै परिवर्तन आएको बताउँछन् ।

‘सहिद घोषणा सामान्य नै बनिसकेको छ ।’ उनले भने –‘सही नियत र गलत नियतले कार्य गर्दा पनि अहिले देशमा सहिद घोषणा हुन थालेको छ ।’ नवोदय साहित्यिक बगैंचा बाल क्लवकी उपाध्यक्ष दर्शना सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । नवोदय साहित्यिक बगैँचा बाल क्लवले गरेको गतिविधिको बारेमा विशेषता नगरकोटी र ओशिका सुवेदीले प्रकाश पारेकी थिइन् ।

नवोदय विद्यालयका विद्यार्थीहरुले सहिदसम्बन्धी नाटक प्रस्तुत गरेका थिए । विद्यार्थीले निर्माण गरेको विभिन्न मोडेलहरु जस्तैः कलाको खेल, साप र सिँढी, पुलिङ्ग होकि स्त्रीलिङग हो ?, कोठे पदद्धारा शब्द निर्माण खेल, कविता भनेको के हो ?, कप खेलको स्टल राखी विद्यार्थीहरुले रचनात्मक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नवोदय विद्यालयका गणित विषयका सुपरिवेक्षक मञ्चन तिवारी, सामाजिक विषयका सुपरिवेक्षक नगेन्द्रकुमार नगरकोटी, सत्मार्ग मिडियाका सञ्चालक सुजन ढकाल, नवोदय सामाजिक क्लवका अध्यक्ष सक्षम कुमार झाको आतिथ्यता रहेको थियो । माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाउने गरिन्छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *