‘शिक्षामा प्रयाप्त बजेट विनियोजन गरौँ’

हेटौँडा, हेटौँडा उपमहानगरपालिकाका ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले शिक्षा, स्वास्थ्य , रोजगार साझा र अनिवार्य अधिकार भएको बताएका छन् ।

ADVERTISEMENT

नारी संरक्षण केन्द्रद्वारा अति विपन्न वर्ग तथा सिमान्तकृत समुदायका विध्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै उनले शिक्षामा बजेट विनियोजन प्रयाप्त हुनुपर्ने र गुणस्तर कायम गर्न स्थानीय सरकारले ध्यानदिन पर्ने बताए । अध्यक्ष सिग्देलले देश र समाज विकासको आधार शिक्षा भएकोले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने बताउँदै भौतिक विकासको साथै सामाजिक र मानवीय विकासमा ध्यान दिनपर्नेमा जोड दिए ।

कार्यक्रममा भुटनदेवी, आधुनिक, अमर, बालबोध, जनप्रिय, प्रगती,ज्योती, सोलिड्यारिटी, मकवानपुरबाल विध्यासदन माविका २५ जना विध्यार्थीलाई शैक्षिक सामग्रीहरू व्याग, ३ दर्जन जिस्ता कपि, क्याल्कुलेटर, पेन्सिल २ दर्जन, पेन २ दर्जन, जोमेक्टी बकस १ थान, एक दर्जन ईलेर, सफनर, स्केल वितरण गरिएको नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक जेरोम घलेले जानकारी दिए ।

ADVERTISEMENT

कार्यक्रम वालगृह सञ्चालक समितिका सदस्य दीलिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा हिम राईट्सकी कार्यक्रम संयोजक कुमारी वाईवा, कोशिश मकवानपुरकी शकुन्तला पौडेललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya