प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा सिन्धुपाल्चोकको सिद्धिगणेश प्रथम

हेटौंडा, शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा माध्यमिक तहको प्रदेशस्तरीय विज्ञान प्रदर्शनी बिहीबार हेटौंडामा भएको छ ।

ADVERTISEMENT

कार्यक्रममा पालिका स्तर हुँदै जिल्लास्तरमा छनौट भएका प्रदेशका ११ जिल्ला सहभागी भएको उक्त प्रदर्शनीमा सिद्धिगणेश मावि सिन्धुपाल्चोक प्रथम, बालजागृति अङ्ग्रेजी माध्यम बोर्डिङ स्कुल द्धितीय , स्काइराइडर मावि चितवन तृतीय र वेस्ट विङ मावि ललितपुर सान्त्वना भएका थिए ।कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रु पन्ध्र हजार, तेह्र हजार , दश हजार र पाँचहजार नगद राशीसहित प्रमाणपत्रबाट पुरस्कृत गरेकी थिइन् ।

कार्यक्रम शिक्षा विकास निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदीको सभाध्यक्षता र सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले समाजको दीगो विकासका निम्ति चालिने प्रत्येक कदमलाई प्रदेश सरकारले स्वागत गर्ने र सामाजिक विकास मन्त्रालयले सहयोगको हात बढाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल प्रसाद कँडेल , अधिकृतस्तर नवौँ शारदा कुमारी मैनाली, अधिकृत स्तर आठौँ देवनारायण चौधरी ,आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँ , अधिकृतस्तर सातौँ पवित्रा तिमल्सिना , विद्यायलका शिक्षक अभिभावक सङ्घ अध्यक्ष केदार ढोडारी लगायत सप्रअहरू मालती पोख्रेल , राजेन्द्र ठकुरी र एघार–बाह्र कोअर्डिनेटर राजाराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो भने मूल्याङ्कन समितिमा वनविज्ञान अध्ययन संस्थानका जीवविज्ञानका प्राध्यापक रामायण पाठक, मकवानपुर बहुमुखी क्याम्पसका भौतिक शास्त्रका प्राध्यापक लेखनाथ पौडेल र हेटौँडा स्कुल अफ मेनेज्मेन्टका रसायन विज्ञानका प्राध्यापक राजकुमार सञ्जेल रहेको थियो भने कार्यक्रमको सहजीकरण आधुनिक राष्ट्रिय माविका विज्ञान शिक्षक सुवास खनालले गरेका थिए । ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya