साईकल रनमा प्रतियोगितामा पुजन मगर प्रथम

हेटौडा उपमहानगरपालिकाको आयोजना एबं नगर खेलकुद बिकाश समितिको ब्यबस्थापनमा शनिबार हेटौंडामा भएको २५ किलोमिटर साईकल रन प्रतियोगितामा पुजन मगर प्रथम भएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा उनले ३८ मिनेट १९.३७ सेकेन्डमा २५ किलोमिटर दुरी पार गर्दै नगद ५० हजार सहित प्रमाणपत्र शिल्ड प्राप्त गरेका थिए । यस्तैै प्रतियोगितामा आशिष थापा मगर द्वितीय भएका छन् । उनले ३८ मिनेट १९.७७ सेकेन्डमा दुरी पार गर्दै नगद ३० हजार संगै शिल्ड प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगीतामा सुमन आलेमगर तृतीय भएका थिए । उनले ३९ मिनेट ३८.२३ सेकेन्डमा दुरी पार गर्दै नगद २० हजार संगै प्रमाण पत्र शिल्ड प्राप्त गरेका थिए । प्रदिप थापा क्षेत्री चौथो र निशान श्रेष्ठ सान्त्वना भएका थिए ।

उनीहरुले दश/दश हजार तथा शिल्ड र प्रमाण प्रत्र प्राप्त गरेका थिए । प्रतियोगितामा हेटौडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले विजेताहरुलाई पुरस्कार प्रदान गदै साईकल रनले खेल क्षेत्रलाई टेवा पुग्ने बताइन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya