हेटौँडा, हेटौँडा–२ मा रहेको साईराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सचिता भट्टराईको अध्यक्षतामा भएको सभामा सहकारीका ज्येष्ठ सदस्य बद्रीप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
२ हजार ४ सय ४१ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी २ करोड ८६ लाख ७४ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, सहकारीले २५ करोड ७२ लाख २० हजार ६ सय ८० रुपैयाँ ऋण लगानी गरेको छ भने १ करोड ५४ लाख ३३ हजार १ सय ९० रुपैयाँ बराबरको स्थिर सम्पत्ति रहेको कोषाध्यक्ष डोरबहादुर बर्तौला (डीबी) ले जानकारी दिए ।
सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष भट्टराईले, सचिवको प्रतिवेदन सिताराम तिमल्सिनाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बर्तौलाले र सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कृष्णप्रसाद बासुकलाले प्रस्तुत गरेका थिए । यस वर्ष बचत तथा कर्जा कारोबारमा उत्कृष्ट हुने सदस्यलाई सहकारीको स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिने व्यवस्थापक राजकुमार तिमल्सिनाले जानकारी दिए । सहकारीको स्थापना दिवस २०८४ जेठ २ गते मनाइनेछ । सोही अवसरमा मुक्तककार लक्ष्मी कँडेललाई ‘साईराम साहित्य सम्मान’ प्रदान गरिने संस्थाले जनाएको छ ।
कार्यक्रममा सहकारीका सल्लाहकार तुलसा रेग्मी, राजेन्द्रप्रसाद पौडेल, माधवप्रसाद आचार्य, भोगेन्द्र लुइँटेललगायतको आतिथ्य रहेको थियो ।







