वन उपभोक्ता महासंघ मकवानपुरमा पुनः चौलागाईं

हेटौंडा, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको अध्यक्षमा पुनः साधुराम चौलागाईं चयन भएका छन् । आइतबार हेटौंडामा भएको महासंघको छैठौं जिल्ला अधिवेशनले चौलागाईकै नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष ठूलीमाया मुक्तान, सचिव निर्मला न्यौपाने र कोषाध्यक्षमा बलराम अधिकारी तथा लेखा समिति संयोजकमा राधिका तिमल्सिना र न्यायिक तथा अनुगमन समिति संयोजकमा हेमलाल अर्याल चयन भएका छन् ।

ADVERTISEMENT

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम जिल्ला अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चौलागाईले संस्थागत र कोषाध्यक्ष बलराम अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न कार्यक्रमहरुको संयोजन गरी महासंघलाई सहयोग गरेको भन्दै केन्द्रीय अध्यक्ष भारती पाठक, महासंघले गरेका विभिन्न गतिविधिहरुलाई जनतासम्म पु¥याएको भन्दै पत्रकार सुरेश श्रेष्ठ र सञ्चारकर्मी भीमसेन पौडेललाई सम्मान गरिएको छ । आयआर्जनमा उत्कृष्ट कार्य गर्ने पिप्ले पोखरा सामुदायिक वन हेटौडा–५, बुङ्दल सामुदायिक वन मकवानपुरगढी ५ र पशुपति सामुदायिक वन मनहरी तथा महासंघलाई आर्थिक सहयोग गर्ने पञ्चकन्या सामुदायिक वन हेटौडा–१८, महासंघका निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान, उत्कृष्ट स्थानीय महासंघमा मकवानपुरगढीलाई सम्मान गरिएको
छ ।

अधिवेशनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितहादुर घलान, फेकोफन केन्द्रीय सदस्य शान्ता न्यौपाने, फेकोफन बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा, कोषाध्यक्ष निर्मला न्यौपाने, सचिवालय सदस्य रामहरि चौलागाई लगायतको आतिथ्यता थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya