हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कार्यालयमा डिजिटल सूचना पार्टी जडान भएको छ । कार्यालयमा भएका सूचना र आगामी दिनमा गरिने कार्यक्रमको बारेमा वडाबासीलाई जानकारी दिने उद्देश्यले डिजिटल सूचना पार्टी जडान गरेको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ का अध्यक्ष राम थापाले जानकारी दिए ।
‘आइतबार वडा कार्यालयमा डिजिटल सूचना पार्टी जडान भएको छ ।’ अध्यक्ष थापाले भने –‘कार्तिक २ र ३ गते सञ्चालन हुने भिटामिन ए र जुकाको औषधी खुवाउने सम्बन्धी सूचना वडाबासीलाई सूचना पार्टीबाट सन्देश प्रवाह भईरहेको छ । कार्यालयमा हुने सेवा प्रवाह, कार्यालयको सूचनालगायत विषयवस्तु समेटी वडाबासीलाई सूचनापार्टीमार्फत जानकारी गराइन्छ ।’
यसैगरी तिहारलगतै वडा नम्वर ८ कार्यालयले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने उनले जानकारी दिए ।







