चौघडामा अभिभावक शिक्षा कार्यक्रमको आयोजना

हेटौंडा, हेटौडा–६ चौघडामा सोमवार अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरिएको छ । चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा महाशाखाको सहयोगमा अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका सहभागी अभिभावकहरुले विद्यालयमा सरसफाई, स्वास्थ्यको ब्यवस्था राम्रो हुन नसकेको खानेपानी र खाजाको ब्यवस्था सोचे अनुसार नभएको गुनासो गरेका थिए । कार्यक्रममा बंशगोपाल माध्यमिक विद्यालयका शिक्षक रविन्द्र कुमार गौतमले सहजीकरण गरेका थिए । घर विद्याथीको पहिलो पाठशाला भएकाले विद्यार्थीहरुले घरबाटै सहि संस्कार सिक्नु पर्ने, अभिभावकले आफना छोराछोरीहरु विद्यालय गए नगएको निगरानी गर्नु पर्ने, शिक्षक सँग निरन्रत परामर्श गर्नु पर्ने, विद्याथीको रुची अनुसारको काममा सहयोग गर्नु पर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

हेटौडा–६ का वडा सदस्य लेखराज ढकालको प्रमुख आतिथ्यता एवम चौघडा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्रीराम पुडासैनीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बंशगोपाल माध्यमिक विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछाने, नवजीवन ज्योति क्लव, चौघडाका अध्यक्ष राजकुमार बास्तोला, बंशगोपाल माध्यमिक विद्यालय ब्यवस्थापन समिति सदस्य अमुना सापकोटा,सञ्चारकर्मी भीमसेन पौडेल, सिकाई केन्द्रकी सहजकर्ता नानीमाया रुम्बा, अभिभावक लगातको सहभागिता रहेको थियो ।

सिकाई केन्द्रले २०७१ सालदेखि हेटौडा उपमहानगरपालिकाको सहयोगमा अभिभावक शिक्षा कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button