थाहा नगरपालिका वडाध्यक्षसहित ३ जना पक्राउ

हेटौंडा, थाहा नगरपालिका–७ का वडाध्यक्ष शिवराज थिङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

वडाध्यक्ष थिङसहित तीन जनाको साथमा दुई सय दुई किलो गाँजासमेत फेला पारि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए । वडाअध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज सोमवार लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको नेतृत्वमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *