स्वास्थ्य शिविरमा ३ सय जनाले लिए सेवा

हेटौंडा, कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् ।

ADVERTISEMENT

गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको जाँच, जनरल स्वास्थ्य परीक्षण, गर्भवती महिलाको भिडियो एक्सरे सेवालगायतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

शिविरमा कैलाश अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर सन्तोष शाह, हेटौंँडाबाट लगिएको दन्तरोग विशेषज्ञ मोहम्मत करिम आलमलगायत स्वास्थ्य टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा आरती फार्मेसी हेटौंडाले दन्तरोग विशेषज्ञसहित औषधि सहयोग गरेको थियो । कैलाश ५ का वडाध्यक्ष छेकु लामाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

शिविर उद्घाटनमा बोल्दै अध्यक्ष मुक्तानले विकट गाउँमा रहेका स्थानीयलाई गाउँघरमै उपचार सेवा प्रदान गर्न शिविरको आयोजना गरिएको बताए । सामान्य रोग लाग्दा पनि धेरै खर्च गरेर हेटौंडा वा पालुङको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले शिविरको आयोजना गरेको उनले बताए । गाउँपालिकाले चालु वर्षमो साविकको गाविस केन्द्रको ४ स्थानमा शिविरको आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख जगन्नाथ शाहले बताए ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, गोगने स्वास्थ्य चौकी प्रमुख सुनिता कुमारी गोलेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *