१ सय १९ जना कर्मचारीहरु स्थानीय तहमा खटिए

हेटौंडा , बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्को कार्यालयले मंगलबारबाट १ सय १९ जना प्राबिधिक कर्मचारीहरु स्थानीय तहमा खटाएको छ । राष्ट्रिय विकास स्वयंसेवक अन्तरगत ‘‘प्रदेश स्वयंसेवक बागमती’’ का विभिन्न तहका स्वयंसेवकहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागि गराएर स्थानीय तहमा खटाइएको हो ।

ADVERTISEMENT

प्रदेश युवा परिषद्ले सार्वजनिक सूचना प्रकासन गरेर आवेदन मागेको थियो । त्यस मध्यमा एक हजार ५ सय जनाले स्वयंसेवकमा काम गर्नका लागि निवेदन दिएको मध्यमा छनोट गरेर एक सय १९ जना प्राबिधीकहरु खटाएको हो । आजै धेरै जना स्वयंसेवकहरुले नियुक्तीपत्र बुझेर कार्यक्षेत्रमा खटिएका छन् । प्रदेश युवा परिषद्ले स्टाप नर्स, कृषि तथा भेटिनरी प्राबिधिक, ल्याब असिस्टेन्ट, अहेब, अनमी लगायतका प्राबिधिक कर्मचारी स्थानीय तहमा खटाइएको हो ।

राष्ट्रिय विकास स्वयंसेवक अन्तरगत ‘‘प्रदेश स्वयंसेवक बागमती’’ का बिभीन्न तहका स्वयंसेवकहरुको अभिमुखी कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यो सेवा गर्ने ठुलो अवसर रहेकाले काम गरेर देखाउन आग्रह गरिन् । खटिएका स्थानीय तहमा राम्रो सेवा गरेर जनताको मन जित्नका लागि मन्त्री मुक्तानले आग्रह गरिन् ।
कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले स्थानीय तहमा पुगेर आसाको किरण जगाउने गरी काम गरेर देखाउन आग्रह गरे । आफ्ना क्षमता देखाउने यो पहिलो अवसर भएकाले त्यही अनुसार काम गर्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *