कमाने, हेटौंडा र सोलिड्यारिटी विजयी

हेटौंडामा जारी दोस्रो स्वर्गीय निरज स्मृति टि २० विद्यालय स्तरीय प्रतियोगितामा विहीबार भएको खेलमा कमाने एकेडेमी, हेटौंडा एकेडेमी र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विजयी भएको छ । विहीबार भएको पहिलो खेलमा तुल्सी मेहर मेमोरियललाई ५ विकेटले पराजित गर्दै कमाने एकेडेमी विजयी भएको हो ।

ADVERTISEMENT

टस हारेर ब्याटिङ गरेको तुल्सी मेहर विद्यालयले १५ ओभरमा ६ विकेटको नोक्सानीमा १०२ रन बनायो ।तुल्सी मेहरका लक्की त्रिपाथीले नटआउट २९ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन । कमानेको तर्फबाट उत्सव सापकोटा, श्रीजन थापाले समान २ विकेट, जेशन थापा मगर र जोयल गुरुङले समान १ विकेट लिन सफल भए । जवाफ ब्याटिङमा मैदान उत्रेको कमानेले ९ दशमवल ४ ओभरमा ५ विकेटको नोक्सानीमा १०३ रन बनायो । कमानेका जोयल गुरुले ४८ रन, रियाज देवानले १३ रन बनाए । तुल्सी मेहरका बिशाल साहिलले ४ विकेट र राय राउतले १ विकेट लिए । प्रतियोगितामा कमाने एकेडेमीका जोयल गुरुङ म्यान अफ द म्याच घोषित भए । यसैगरी विहीबार भएको अर्को खेलमा जीएस निकेतन विद्यालयलाई ७ विकेटले पराजित गर्दै हेटौंडा एकेडेमी विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको जीएस निकेतनले १५ ओभरमा ९ विकेटको नोक्सानीमा ७६ रन बनायो । जीएसलाई सस्तैमा समेट्नको लागि हेटौंडा एकेडेमीका इशान भण्डारीले ४ विकेट, एमडी अशनले २, आदित्य यादव, लाल बाबु र दक्षले समान १ विकेट हात पारे ।

जवाफी ब्याटिङको लागि मैदान उत्रेको हेटौंडा एकेडेमीले १२ दशमलव १ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । हेटौंडा एकेडेमीको तर्फबाट अलिबाबु अलि नटआउट हुँदै ३० रन जोडे । जीएसका अनिश यादव, प्रियान्सु बिडारी र सुमार्ग भण्डारीले समान १ विकेट लिए । प्रतियोगितामा हेटौंडा एकेडेमीका इशान भण्डारी म्यान अफ द म्याच घोषित भए ।
विहीबार भएको तेस्रो खेलमा ज्ञानोदय बालबाटिका आवासिय माध्यमिक विद्यालयलाई ८२ रनले पराजित गर्दै सोलिड्यारिटी विजयी भएको छ । प्रतियोगितामा सोलिड्यारिटीले लगातार दोस्रो जित हो ।

टस जितेर ब्याटिङ गरेको सोलिड्यारिटीले १५ ओभरमा ५ विकेटको नोक्सानीमा १४८ रनको सम्मानजनक योगफल तयार पार्यो । सोलिड्यारिटीका पंकज पटेलले ५४ रन, अब्दुल वाजिपले ३० रन, बिकाश शाहले २० रन बनाउन सफल भए । ज्ञानोदयका शिवम बानियाँले २ विकेट र मिथिलेस गुप्ता र आदित्य गुप्ताले १ विकेट हात लिन सफल भए । जवाफ ब्याटिङको लागि मैदान उत्रेको ज्ञानोदय १२ दशमलव ४ ओभरमा अल आउट हुँदै ६६ रनमै सिमित बन्यो । ज्ञानोदयका नाजिर हुसेनले २५ रन बाहेक अरु खेलाडीले खासै रन बटुल्न सकेनन् । ज्ञानोदयलाई सस्तैमा समेट्नको लागि पंकज राय पटेल, आदर्श यादव, सचिवन यादवले समान २ विकेट, सुरज यादव, सत्यम यादव र आदित्य सिंहले समान १ विकेट लिए । प्रतियोगितामा सोलिड्यारिटीका पंकज राय पटेल म्यान अफ द म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya