बसामाडी जेसीज सप्ताह ८ गतेबाट

हेटौंडा, ५ साउन÷बसामाडी जेसीजको जेसीज सप्ताह यही साउन ८ गतबोट हुने भएको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि १४ गतेसम्म जेसीज सप्ताह अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्ने जानकारी दिइएको हो । हरेक वर्ष जेसीजले मनाउँदै आएको जेसीज सप्ताहलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको बसामाडी जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा मूल कार्यक्रम संयोजक सुरज डंगोलले बताए ।

ADVERTISEMENT

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ८ गते समुद्घाटन तथा हेटौंडा २ मा रहेको बनस्खण्डी मन्दिरमा सहयोग र दीप प्रज्वलन, ९ गते हेटौंडा २ मा रहेको हाम्रो घरमा जेसीजको सहयोगी हात कार्यक्रम, १० गते अन्तर जेसीज फुटबल, ११ गते हेटौंडा ७ मा रहेको आशा स्कुलमा जेसीज युवा, १२ गते भीमफेदीमा रहेको बाल मन्दिरमा बाल बालिकासंग जेसीज युवा कार्यक्रम रहेको छ । त्यस्तै १३ गते बसामाडीमा रहेको महेन्द्र किरण माविमा लागूऔषध दुव्र्यवसन विरुद्धको सचेतना कार्यक्रम तथा होडिङ बोर्ड स्थापना कार्यक्रम र १४ गते जेसीज सप्ताह समापन र पुरस्कार वितरण कार्यक्रम रहेको संयोजक डंगोलले बताए ।

बसामाडी जेसीजको अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष विष्णुहरि पण्डित लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष अग्रवालले सप्ताहव्यापी कार्यक्रममा गत वर्ष भन्दा केही फरक कार्यक्रम हुने बताए । अग्रवालले भने ‘सप्ताहव्यापी कार्यक्रमका सबै संयोजकहरुले कार्यक्रम कसरी सञ्चालन गर्ने भनेर सिक्ने अवसरको रुपमा रहेको हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya