हेटौंडा फुटबल एकेडेमीलाई जर्सी सहयोग

हेटौंडा, छिमेकी मूलूक भारतको सिक्किमा इन्पिेन्डेनस डे अर्थात स्वतन्त्र दिवसको अवसरमा आयोजना हुने इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीका खेलाडीहरुका लागि जर्सी कट्टु सहयोग प्राप्त भएको छ । हेटौंडा फुटबल एकेडेमीका ए डिभिजन यु–२३ अन्तर्राष्ट्रिय खेलाडी गोलरक्षक कृशल मोक्तानले सिक्किमको इन्पिेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले २० हजार रुपैयाँ भन्दा बढी रकमको २० थान आवश्यक जर्सी कट्टु सहयोग गरेका हुन् ।

ADVERTISEMENT

हेटौंडा फुटबल एकेडेमीबाट फुटबलको सुरुवात गरेका कृशल मोक्तानले खेलाडीहरुका लागि आवश्यक जर्सी कट्टु अष्टे्रलियाबाट सहयोग गरेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाको रजैयामा घर भएका खेलाडी कृशल मोक्तान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी जनाउँदै आएका छन् भने हाल उनी अष्ट्रेलियामा वसोवास गर्दै आएका छन् ।

हेटौंडा फुटबल एकेडेमी टोली विगत ३ वर्षदेखि इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छन् । पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमी लगातार दोस्रो र तेस्रो पटक भने विजेता बनेर एक लाख रुपैयाँको नगद पुरस्कार राशि मेडल तथा प्रमाणपात्र जितेको थियो ।

हेटौंडा फुटबल एकेडेमीको टोली सिक्किमको १५ लाख पुरस्कार राशिको फुटबल प्रतियिोगिता, १० लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता, गत वर्ष उपाधि जितेको मुनसोङको फुटबल प्रतियोगिता, नाम्ची जिल्लाको भाइचिङ्ग भुटियाको फुटबल प्रतियोगिता, पायोङ्ग जिल्लास्थित रम्फोको फुटबल प्रतियोगिता, सीता देवी शर्मा स्मृति फुटबल प्रतियोगिता लगायत अन्य प्रतियोगिताहरुमा सहभागिता जनाउने छन् । सिक्किमको सम्पूर्ण प्रतियोगितामा छिरिङ लामाको कप्तानीमा हेटौंडाको टोली सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि अन्य आवश्यक स्रोतका लागि हेटौंडा उपमहानगरपालिका र हेटौंडा–५,स्थित जीएस निकेतनसँग सहयोगका लागि प्रस्ताव राखिने बताइएको छ ।

हेटौंडा फुटबल एकेडेमीको टोली फुटबल प्रतियोगितामा सहभागी हुन २० जना खेलाडी, अफिसियल, टिम म्यानेजर र टिम प्रशिक्षकसहित २५ सदस्यको टोली यही आइतबार साँझ सिक्किमा प्रस्थान हुने प्रशिक्षक भीम लामाले बताएका छन् । गत वर्ष सिक्किमको मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा सम्पन्न भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले दोस्रो पटक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya