४ नम्वर वडा कार्यालयको प्रवोधिकरण कार्यक्रम

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा शैक्षिक सुधार समितिले कक्षा १ देखि ५ सम्म अध्यापन गराउने शिक्षकका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरण कार्यक्रमको आयोजना गरेको छ । शनिबार भएको कार्यक्रममा ४ नम्बर वडाका ८ वटा विद्यालयका ५० भन्दा बढी शिक्षकको सहभागिता रहेको छ ।

ADVERTISEMENT

वडा शैक्षिक सुधार समितिका अध्यक्ष एवम् श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिग्देलले वडाको शिक्षालाई उत्कृष्ट बनाउन आवश्यक ठानेर वडाले शैक्षिक सुधारको अभियान नै सञ्चालन गरिरहेको बताए । आगामी दिनमा अझ प्रभावकारी र पर्याप्त स्रोतसाधनको प्रयोग हुने गरी वडाले योजना बनाइने उनले बताए ।

प्रवोधिकरणमा नेपाली विषयको वेदराज कोइरालाले, सेरोफेरो विषयको राम सागर गुरागाईले, अंग्रेजी विषयको सूर्यप्रसाद घिमिरे, गणित विषयको दीपक अधिकारीले र विज्ञान विषयको सुवास खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौंडा ४ नम्वर वडा कार्यालयका सचिव टीका कंडेल, आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष मोहमद समिम, सदस्य रेणुका फूँयाल, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya