हेटौंडा तीन विद्यालय बालमैत्री विद्यालय घोषणा हुँदै

हेटौंडा, यही फागुन २२ गते हेटौंडा उपमहानगरपालिकामा रहेको दुईवटा सामूदायिक विद्यालय र एक संस्थागत गरी तीन वटा विद्यालय बालमैत्री विद्यालय घोषणा हुने भएको छ । हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय, हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय र हेटौंडा–१६ मा रहेको जनप्रिय माध्यमिक विद्यालय फागुन २२ गते बालमैत्री विद्यालय घोषणा हुन लागेको हो ।

ADVERTISEMENT

आइतबार चन्द्रोदय माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी फागुन २२ गते बालमैत्री विद्यालय घोषणा गर्न लागेको जानकारी दिएको हो । चन्द्रोय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले हेटौंडा उपमहानगरपालिकाले दिएको मापदण्ड बमोजिम सबै सूचक पूरा भएको भन्दै बालमैत्री विद्यालय घोषणा गर्न लागेको बताए ।

विद्यालयले तोकेको सबै २६ वटा सुचकहरू पूरा गरेकोले शिक्षा विकास महाशाखाले अनुगमन गरेर, फागुन २ गते प्रमाणीकरण समेत गरिसकेको प्रधानाध्यापक ढकालले बताए । २२ गते विद्यालयको जन्मोत्सवको दिन पनि भएकोले गर्दा फागुन २२ गते बालमैत्री विद्यालय घोषणा गर्न लागेको उनले बताए । फागुन २२ गते ¥यालीसहित विद्यार्थीको प्रतिभा प्रस्फोटन गर्नुका साथै विद्यालयको प्रतिवेदन पनि प्रस्तुत गरिने उनले जानकारी दिए । कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुने विद्यालयमा १ हजार १७ जना विद्यालय अध्ययनरत रहेका छन् । हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले बालमैत्री विद्यालय घोषणा गर्ने छिन् ।

कार्यक्रममा हेटौंडा ८ नम्वर वडाध्यक्ष रामकृष्ण थापा, बालमैत्री सहजकर्ता रोजिता दंगाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईवाकर मैनाली, सदस्य दुर्गा अधिकारी, ज्योति केसी, बालमैत्री सम्पर्क शिक्षक आश्मा बिडारीलगायतको आतिथ्यता रहेको थियो । यसैगरी हेटौंडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयले पनि फागुन २२ गते बालमैत्री घोषणा गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बालमैत्री स्थानीय शासन घोषणाको लागि विद्यालयले पुरा गर्नुपर्ने गरी तोकिएको २६ वटै सुचक पुरा गरेकोले विद्यालयलाई फागुन २२ गते बालमैत्री विद्यालय घोषणा गर्न लागेको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ नम्वर वडाध्यक्ष रामकृष्ण कोइरालालगायतको आतिथ्यता रहेको थियो । फागुन २२ गते नै हेटौंडा २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयले पनि बालमैत्री विद्यालय घोषणा गर्ने भनेर फागुन १८ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको थियो । विद्यालय बालमैत्री घोषणा भएपछि मात्र वडा बालमैत्री घोषणा हुने भएकोले गर्दा विद्यालयलाई बालमैत्री घोषणको तयारीमा उपमहानगरपालिका लागेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *