हेटौंडा , नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा सुवास विडारी चयन भएका छन् । आईतबार भएको सातौ अधिवेशनबाट विडारीको अध्यक्षतामा नया कार्य समिति निर्माण भएको हो । समितिमा उपाध्यक्ष कपिल खड्का, महिला उपाध्यक्ष सन्नु रिजाल, सचिव बलराम पुडासैनी, सहसचिव प्रवेश धिताल कुन्दन, कोषाध्यक्ष प्रदीप अधिकारी चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा श्यामलाल दुलाल (गणेश), कुमारमणि हुमागाई, रोशनदिप थापा, सन्देश थिङ, अनिषा थापा र सम्झना थापा मगर चयन भएका छन् । निर्वाचित नयाँ समितिलाई प्रेस युनियन केन्द्रीय सदस्य एंव केन्द्रीय निर्वाचन प्रतिनिधि बसन्त पराजुलीले खादा लगाई बधाई ज्ञापन गरेका थिए ।
युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतको विशेष आतिथ्यता रहेको थियो । यूनियनका संस्थापक अध्यक्ष राममणि दाहाल, पुर्व अध्यक्ष कमल अधिकारी, गोकर्ण सुवेदी र निवर्तमान अध्यक्ष रुपेश दुलाललाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन केन्द्रीय सदस्य राजन दाहाल खुसराज, बागमती प्रदेश उपाध्यक्ष सुजन विडारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस युनियन मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल, कमल अधिकारी, रुपेश दुलाल, गोर्कण सुवेदी लगाएतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज ढोडारी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष गोकुल अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।






