बालजागृतिमा इन्टर्‍याक्ट क्लव, अध्यक्षमा रोमिसा

हेटौंडा, हेटौंडा- २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी स्कूलका विद्यार्थीहरुको अगुवाईमा इन्टर्‍याक्ट क्लव स्थापना भएको छ । रोटरी क्लव अफ हेटौंडा र रोटर्‍याक्ट क्लव अफ हेटौंडाको मातृत्वमा इन्टर्‍याक्ट क्लव अफ बालजागृति स्थापना भएको छ।

क्लवको अध्यक्षमा  बालजागृतिमा १० कक्षामा अध्ययनरत छात्रा रोमिसा तामाङ पदस्थापित भएकी छिन् । शनिबार हेटौंडामा एक कार्यक्रमकाबीच इन्टर्‍याक्टका अध्यक्षसहित पदाधिकारीलाई पदस्थापित गरिएको हो । रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुलीले इन्टर्याक्ट क्लब अफ बालजागृतिका अध्यक्ष तामाङलाई सपथ ग्रहण गराएका हुन् ।

इन्टर्‍याक्ट अध्यक्ष तामाङले कार्यसमितिलाई सपथ गराएकी थिइन् । विद्यार्थीहरुलाई सामाजिक कार्यसँगै सामाजिक गतिविधिमा सहभागी गराउने उद्देश्यसहित इन्टर्‍याक्ट क्लव अफ बालजागृति गठन गरिएको बताइएको छ ।

रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटर्‍याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकाल, बालजागृतिका व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण तिमल्सिना, सन्चालक समिति अध्यक्ष दिनेशप्रसाद भण्डारी, प्रधानाध्यापक विनोद सुवेदी, सहायक प्रधानाध्यापक अमोल श्रेष्ठ, रोटरीका पूर्व अध्यक्षहरु माधव अधिकारी, विजय वैद्य, उज्वल शर्मा भन्डारी, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा लगायतको आतिथ्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button