हेटौंडा, २०७९ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल मकवानपुरका संस्थागत विद्यालयका १ सय ७१ जना विद्यार्थीलाई सम्मान गरेको छ । विहीबार एक कार्यक्रमका बीच प्याव्सन मकवानपुरले २०७९ सालको नतिजामा ३ दशमलव ६० वा सो भन्दा बढी जिपिए ल्याउन मकवानपुरका २७ वटा संस्थागत विद्यालयका १ सय ७१ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
एसइई नतिजामा ४ जीपिए ल्याएर जिल्ला प्रथम भएकी डाफिन राइका मगरलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। एसइई परीक्षामा ३ दशमलव ६० जीपिए वा सो भन्दा बढी जीपिए प्राप्त गर्नेमा सत्यम जेभियर्स विद्यालयबाट ३ जना, बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयबाट ३० जना, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीबाट ३ जना, जेम्स इङ्लिस विद्यालयबाट २ जना, ज्ञानोदय बालबाटिका आवासिय विद्यालयबाट १ जना, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयबाट १२ जना, मनहरीको यूनाइटेड अङ्ग्रेजी माध्यमिक विद्यालयबाट ४ जना रहेका थिए ।
यसैगरी हेटौंडा एकेडेमीबाट १० जना, जेनिथ इन्टरनेशनल विद्यालयबाट १ जना, ब्रम्हादिक एकेडेमीबाट ९ जना, थाहानगरको एओन एकेडेमीबाट २ जना, ज्ञानोदय बालबाटिका एकेडेमीबाट २ जना, मकवानपुर बाल विद्या सदनबाट ५ जना, जीएस निकेतन विद्यालयबाट २७ जना, सुनगाभा शिक्षा निकेतन विद्यालयबाट २ जना रहेका छन् । त्यसैगरी तुल्सी मेहर मेमोरियल विद्यालयबाट ४ जना, रेडरोज विद्यालयबाट ७ जना, माउण्ट एभरेष्ट विद्यालयबाट ८ जना, शिद्धार्थ शिशु सदन विद्यालयबाट ६ जना, सनराइज सेकेण्डरी विद्यालयबाट १ जना, तासिर अङ्ग्रेजी विद्यालयलाई २१ जना, थाहा नगरको हिमालयन अङ्ग्रेजी माध्यमिक विद्यालयबाट २ जना, सरस्वती अङ्ग्रेजी माध्यमिक विद्यालयबाट २ जना, सनसाइन अङ्ग्रेजी माध्यमिक विद्यालयबाट १ जना र श्रीकृष्ण आदर्श सेकेण्डरी विद्यालयबाट २ जना र रस्सल एकेडेमीबाट १ जना रहेका छन् । प्याव्सन मकवानपुरले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो । एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने संस्थागत विद्यालयलाई पनि प्रमाणपत्र प्रदान गरेको थियो ।
प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । सामुदायीक बिद्यालयका लागि सरकारले गरेको लगानी उत्पादन मुखि नभएको मेयर लामाले बताइन् । सस्यागत बिद्यालयमा र सामुदायीक बिद्यालयमा अध्यापन गराउने शिक्षकको सुबिधामा रहेको अन्तर अनुसार सामुदायीक बिद्यालयका शिक्षकले काम गर्न नसकेको भन्दै अब कसैलाई देखाएर पन्सने र भाग्ने काम हुन नहुने मेयर लामाको भनाई रहेको थियो ।कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीनानाथ गौतम, प्याव्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठ, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहाल लगायतको आतिथ्यता रहेको थियो।







