बुद्धिचाल प्रतियोगिताको उपाधी रुपेश जैसवाललाई

हेटौंडा, हेटौंडामा भएको मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधी रुपेश जैसवालले जितेका छन् । प्रतियोगितामा रुपेशले विजयी हुँदा सुरविर लामा उपविजेतामा सिमित बने । प्रतियोगितामा विजेता बनेका रुपेशले नगद १ लाख रुपैयाँ र सुरविरले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

ADVERTISEMENT

प्रतियोगितामा तृतीय बनेका अनिल राजबाहकले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २१ जना पुरस्कृत भएका छन् । प्रतियोगितामा चौथो र पाँचौ स्थानमा क्रमश विलमलाल श्रेष्ठ तथा सुश्रीत दाहाल भए । उनीहरुले नगद २० हजार प्राप्त गरे । प्रतियोगितामा छैँठौ देखि १० औँ स्थान सम्मका क्रमश पुरुषोत्तम चौँलागाई, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुवास्थ तथा श्रीलंकाकी एसडि रणसिङ्गेले जनही १५ हजाररुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट लोकल सुन्दर कार्की, वेष्ट महिला खेलाडी सिन्धिरा जोशी, वेष्ट भेट्रान नविन ताण्डुकार,वेष्ट यु–१२ अबिन पाण्डे, बेष्ट यु–१४ आयुष डेमनदौरा, यु–१६ तर्फ पुरुषोत्तम सिलवाल, यु १८ तर्फ रिसोन थापा विजयी हुँदा बेष्ट अनरेटेडमा रुपेशप्रसाद पालिखेल, बेष्ट रेटिङ १४०० मा सुजन कुमाल, बेष्ट रेटिङ १६०० मा निशान श्रेष्ठ तथा १८०० मा खोमप्रसाद तिमल्सिनाले जित हाँसिल गरे । उनीहरुले जनही १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे । बागमती प्रदेशकी सामजिक विकास मन्त्री कुमारी मोक्तानले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा भएको हो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *