युवा परिषद्को युवा नमुना संसद अभ्यास सुरु

हेटौंडा, प्रदेश युवा परिषद् बागमतीको आयोजनामा हेटौंडामा आज देखि प्रदेश स्तरिय युवा नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । प्रदेशभरीका युवाहरुलाई संसदीय अभ्यास सिकाउने उदेस्यले कार्यक्रम आयोजना गरेको हो ।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले गरेकी थिइन् । आजको पहिलो दिनको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरुका लागि नमुना संसदको अवधारणा र अभ्यास गराइनुको साथै युवा जिवन मार्गदर्शन पनि प्रदान गरेको छ । प्रदेश तहमा युवाहरुका सवालहरु, माग, आवस्यक्ता र प्राथमिकताहरुका बारेमा जानकारी गराइएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।

यसैगरी नमुना संसदमा युवाहरुलाई लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, बिधेयक निर्माण प्रक्रिया र प्रदेशका संसदीय समितिहरु, व्यावस्थापिका, न्यायपालिका, कार्यपालिका बिचको सम्वन्ध, संसदीय प्रक्रियामा प्रमुख भूमिका खेल्ने पदाधिकारीहरुको चयन लगायतका बिषयमा प्रशिक्षण गराइने उनले बताए ।नमुना संसदमा संसदीय अभ्यासका सबै कुराहरु सिकाएर कार्यक्रमको अन्तिम दिन अभ्यास गराएर देखाइने भएको छ ।

आजको उद्घाटन् कार्यक्रममा प्रदेशसभाका सदस्यहरु रत्न प्रसाद ढकाल, प्रेम बहादुर पुलामी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रदेश युवा परिषद्का सदस्य सब्बारानी महर्जन लगायतकाको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *