न्वागीको अवसरमा राक्सिराङमा ३ दिन विदा

हेटौँडा, चेपाङ समुदायको मुख्य पर्व न्वागी (छोनाम) को अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा तीन दिन सार्वजनिक बिदा दिइएको हो ।

ADVERTISEMENT

पालिकाले न्वागीको अवसरमा भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरूमा बन्द हुने जानकारी दिनुभयो ।

सूचनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अङ्गको रूपमा प्रकृति पूजक अति सीमान्तकृत चेपाङ जातिको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा यही मिति २०८२ भदौ २१, २२ र २३ गते तीन दिन राक्सिराङ गाउँपालिका भरी स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको कुरा उल्लेख गरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya