स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

हेटौंडा, स्वास्थ्य चौकीहरुमा दिने सेवा सुविधा थप प्रभावकारी बन्न सकोस भन्ने उद्देश्यका साथ ३ वटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । रानी सामुदायिक वन उपभोक्ता समूह र चौघडा सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा हेटौडा स्वास्थ्य चौकी, हेटौडा–६,चौघडा, शहीद रुद्र पाख्रिन सामुदायिक स्वास्थ्य इकाई, गढी(४ कालीखोला र मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाई, गढी–३ मक्रान्चुलीलाई वेवी वेट मेशिन, एडल्ट मेशिन, प्रेशर जाँच्ने मेशिन र टर्च लाईट १/१ सेट प्रदान गरिएको थियो । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, समूहका सल्लाहकार कृष्ण विडारी, चौघडा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्रीराम पुडासैनी, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, समूहकी कोषाध्यक्ष गोमा लामिछाने, कार्यसमितिका पदाधिकारी, महिला उपसमिति, स्वास्थ्यकर्मी, उपभोक्ता लगायतको सहभागिता थियो ।

कार्यक्रममा हेटौडा स्वास्थ्य चौकीका प्रमुख टीएन ढुङगेल, शहीद रुद्र पाख्रिन सामुदायिक स्वास्थ्य ईकाइ प्रमुख लक्ष्मण दाहाल र मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाई प्रमुख नारायण प्रसाद घोरसाईनीले महिलाहरुमा हुने विभिन्न प्रकारका रोग र नियन्त्रणका उपायको बारेमा सहजीकरण गरेको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *