हेटौंडामा ‘म्युजिक फर कज’ आयोजना

हेटौंडा, मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउँदै संगीतको माध्यमबाट स्रोताहरुलाई आनन्दित बनाउन हेटौंडामा ‘म्युजिक फर कज’ कार्यक्रम भएको छ । मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप भएका मकवानपुरका आयुष बम्जनको अगुवाईमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको कार्यक्रममा एकसय जना बाद्यवाधकले सामुहिक रुपमा नेपथ्यको ‘जिन्दगानी’, एल्ब्रटर्सको ‘निश्चल’, १९४७ एडीको ‘यो मन त मेरो नेपाली हो’, सविन राईको ‘नमुना’, नेपालको राष्ट्रिय गानलगायतका गीतहरु एक साथ प्रस्तुती दिएका थिए । ‘हामीले मेन्टल हेल्थ अवार्नेसका लागि म्युजिक फर कज कार्यक्रमको आयोजना गरेका हौं’, बम्जनले भने, ‘यस कार्यक्रमको माध्यमबाट हेटौंडाको नामलाई थप परिचित बनाउनुका साथै सामाजिक कार्य गर्ने हाम्रो उद्देश्य हो ।’

गीत संगीतले सबैलाई राम्रो हुने भएकोले मानसिक स्वास्थ्यको विषयमा सचेतना फैलाउन कार्यक्रम गरिएको उनले बताए । कार्यक्रमबाट पैसा कमाउने उद्देश्य नरहेको बताउँदै उनले बचेको रकम हेटौंडा १५ मा रहेको बृद्धाश्रमलाई सहयोग गरिने बताए ।

हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, ५ का वडाध्यक्ष सुशिल घिमिरेलगायत गायक तथा संगीतकारहरुको उपस्थिति रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *