बिदेश मुद्रा सहित एक जना पक्राउ

मकवानपुर प्रहरीले बिदेश मुद्रा सहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय पशुपतिनगर र रातोमाटे प्रहरी चौकीबाट गएको प्रहरी टोलीले पुर्वपश्चिम सडक खण्डमा हेटौंडाबाट वीरगञ्जजाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नं.को ईलोक्ट्रोनिक माइक्रो गाडी चेकजाँच गर्दा विदेशी मुद्रा सहित विहार पुर्वी चम्पारन पलङवा थाना पसौना वडा ९ बस्ने ४० वर्षिय रम्भु दासलाई नियन्त्रणमा लिइएको हो । 

विशेष सुचनाको आधारमा प्रहरीले लुकाई छिपाई गरिराखेको मुद्रा फेला पारेको हो । दासको साथबाट युरो ८० थान (५०को दरले), जापानी मुद्रा १३३ थान (१ हजारका दरले), विभिन्न दरका साउदी रियाल १६६ थान  फेला परेको थियो । उक्त रकम नेपालीमा २३ लाख ३८ हजार ५७१ रुपैयाँ हुने प्रहरी प्रवक्ता एंव प्रहरी नायव निरिक्षक लक्ष्मी भण्डारीले बताए । 

दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button