हेटौंडा उपमहानगरद्वारा क्रिकेट सामग्री सहयोग

हेटौंडा उपमहानगरपालिकाले क्रिकेट खेलाडीहरुलाई आवश्यक खेल सामग्री सहयोग गरेको छ । उपमहानगरले हेटौंडा–४ स्थित हुप्रचौरमा क्रिकेट प्रशिक्षण गर्ने खेलाडीका लागि १ लाख ५८ हजार रुपैया“ बराबरको खेल सामग्री सहयोगस्वरुप उपलब्ध गराएको हो ।

ADVERTISEMENT

हेटौंडाकी मेयर मीनाकुमारी लामाले क्रिकेट संघ मकवानपुरका अध्यक्ष बासुलाल श्रेष्ठलाई नेट, बल तथा म्याटलगायत सामग्री प्रदान गरेकी छन् । उनले खेल क्षेत्रमा उपमहानगरले लगानी गरिरहेको बताउ“दै सवै खेलको समान विकासमा सहयोग गर्न उपमहानगर तयार रहेको बताइन् ।

क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री तथा जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष भेष खड्गी तथा खेलाडीहरुको सामग्री हस्तान्तरण कार्यक्रममा सहभागिता थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *