रोजगार प्रवर्धन मेलाको आठ सयले गरे अवलोकन

हेटौंडा, रोजगारीको अवसर नपाएको भन्दै बैदेशीक यात्रामा लाग्ने युवाहरुलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको रोजगार प्रवर्धन मेला– २०८२ को ८ सय जनाले अवलोकन गरेका छन् ।

ADVERTISEMENT

साना सिपहरु सिकेर पनि यही दैनिकीकलाई सहज बनाउँन सकिन्छ भन्ने जानकारी दिने उद्देश्य सहित उपमहानगरले उद्योग संघ मकवानपुरसँगको सहकार्यमा बुधबार आयोजना गरेको प्रवर्धन मेलाको ८ सय जना युवाहरुले अवलोकन गरेका हुन् । मेलाको बिद्यालय, कलेजका बिद्यार्थी, उद्योगी व्यवसायी तथा रोजगारीको अवसर खोजी युवाहरुले अवलोकन गरेका थिए ।
मेलामा रोजगारीको खोजीका लागि आएका युवाहरुलाई व्यवसायीक क्षेत्रमा लामो समय देखी रहेका अनुभवी व्यवसायी तथा उद्योगिहरुले आवश्यक सहजीकरण गरेका थिए । कुल ५१ वटा स्टल रहेको मेलामा हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका ३० भन्दा बढि र उपमहानगरपालिकाले बिभिन्न समयमा तालिम दिएका साना घरेलु उद्योगका २० स्टल रहेको थियो । मेलामा उपमहानगरले तालिम दिएर उत्पादनमा रहेका हस्ताकलाका सामग्री, ढाकाका कपडा, गुन्द्रुक, बेसार, आलु चिप्स, दालमोठ, ह्याण्ड व्याग, कृषि उत्पादन मोही सहितको स्टल रहेको थियो ।

औद्योगिक क्षेत्र उत्पादन भएका प्लाष्टिकका भाडा, सरफ, साबुन, खाद्य पदार्थको भाडा, बिष्कुट, पोल्ट्री पलेट, माटोका टाइल सहितका सामग्री राखिएका थिए । उद्योगको उत्पादनको उत्पादनको अवलोकन गर्दै रोजगारीको खोजी गर्ने व्यक्तीहरु सँग निजीक्षेत्र र सरोकारवाला बिच रोजगारमा पहँुच अभिबृद्धी सम्बन्धी परामर्श दिइएको उपमहानगरका आर्थिक बिकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए । मेलामा रोजगारीलाई अवसर प्रदान गर्ने रोजगारदाताहरु रहेका थिए । रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य सहित आयोजना गरिएको एकदिने मेलामा उपमहानगरबाट सिप एवम् तालिम प्राप्त गरी स्थानिय स्तरमा स्वरोजगार भएका महिला उद्यमीहरुले अवलोकन कर्ताहरुलाई स्वरोजगार बन्नका लागि आवश्यक राय परामर्श दिएका थिए ।

मेलामा रोजगारीको अवसर खोज्दै आउँनेहरुका लागि उपमहानगरले ‘क्यूआर’ कोर्ड मार्फत अनलाईन फारम भरी सुचिकृत हुने अवसर प्रदान गरेको थियो । सुचिकृत भएकालाई दक्ष अर्धदक्षताका आधारमा रोजगारीका लागि समन्वय गर्ने छ ।
उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रि नाथ शर्माको अध्यक्षतामा भएको मेलाको बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त महर्जन र समापन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *