प्रदेश सरकारको नीति तथा कार्यक्रम जेष्ठ १४ गते

हेटौंडा, बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेष्ठ १४ गते सार्वजनिक गर्ने भएको छ ।

प्रदेश सभाको जेष्ठ १४ गते अपराह्न २ बजे बस्ने बैठकमा सरकारको तर्फबाट बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बिहीबार बसेको प्रदेश सभामा सभामुख पाठकले उक्त जानकारी गराउँदै प्रदेश सभाका सदस्यहरुलाई औपचारिक पोशाकसहित उपस्थित हुन आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button