हेटौँडा, मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो १ बजेको समयमा भिमफेदीको वडा नम्बर ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा यात्रुवहाक विङ्गर गाडी दुर्घटना भएको हो ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चित्लांगबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो । गाडी सडकबाट २० मिटर तल खस्दा गाडी रुखमा अड्किएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।







